नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत ‘रेन्जर’

सफल खबर संवाददाता

आइतबार, ०३ जेठ २०८३, २० : ०७
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत ‘रेन्जर’

काठमाडौँ । नेपाली सेनाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘रेन्जर’ बोलको र्‍याप गीत सार्वजनिक गरेको छ । गीतमा नेपाली सेनाका गतिविधि तथा विशेष तालिम प्राप्त लडाकु समूह ‘रेन्जर’को भूमिका र परिचयलाई केन्द्रमा राखिएको छ ।

तीन दिनअघि सार्वजनिक गरिएको उक्त गीतले हालसम्म उल्लेख्य दर्शक प्राप्त गरेको छ । सार्वजनिक विवरणअनुसार गीतलाई एक लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ ।

गीतका शब्द प्रताप मगरले लेखेका हुन् । गीतको मुख्य निर्देशन वासुदेव धिमालले गरेका छन् भने सिद्धार्थ मोक्तान सहायक निर्देशकका रूपमा रहेका छन् ।

गीतमा रबिन लामा, टपेन्द्र कार्की, सुशील थापालगायतको अभिनय रहेको छ । नेपाली सेनाले पछिल्लो समय आफ्ना गतिविधि र सन्देशलाई नयाँ प्रस्तुति शैलीमार्फत सार्वजनिक गर्ने क्रमअन्तर्गत र्‍याप शैलीमा उक्त गीत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस