समन्वय अभावले चुक्दै सरकार

पत्रपत्रिकाबाट

शनिबार, २९ चैत्र २०७६, ०८ : ०२
समन्वय अभावले चुक्दै सरकार

काठमाडौं  । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका कारण काठमाडौं उपत्यकामा अड्किएका मानिसलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय बिहीबार दिउँसो  ग¥यो। प्रदेश र स्थानीय सरकारको विरोधपछि केही घण्टामै समिति आफ्नो निर्णयबाट पछि हट्यो। यति मात्र होइन, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले आफू संयोजक रहेको समिति र सरकारले यसबारे कुनै निर्णय नगरेको जिकिर गर्दै उल्टै सञ्चार माध्यमले भ्रम फैलाएको आरोप लगाए।

चैत २३ गते उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथाम र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री जिटुजी वा निजी क्षेत्र दुवै तहबाट खरिद गर्ने निर्णय ग-यो। चैत १६ को मन्त्रिपरिषद्को निर्णय उल्लेख गर्दै समितिले जिटुजीबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दियो। उक्त निर्णय चैत २० गते मात्र सार्वजनिक भएको थियो। चैत १९ गते ओम्नीसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्दै २० गते तीन दिन समय दिएर नयाँ प्रस्ताव आह्वान गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरी बताएका थिए।

चैत २२ मा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडा बनाउने भन्दै अर्को निर्णय ग-यो। सरकारका एक मन्त्रीले भने, ‘अब एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान पाइने छैन।’ सरकारले चैत ११ गतेदेखि पूरै देशमा लकडाउन गरेको थियो।  

 सरकार हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने जस्तो देखिएको छ। जसका कारण सरकार आफैं विवादमा फस्दै गएको छ भने ऊसप्रति जनताको विश्वास पनि टुट्दै गएको छ।  कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकमा लकडाउन घोषणा गरेपछि गरेका यी केही प्रतिनिधि निर्णय हुन्। यसबाट उपप्रधान एवं रक्षामन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समिति र मन्त्रिपरिषद् हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने जस्तो देखिएको छ। जसका कारण सरकार आफैं विवादमा फस्दै गएको छ भने ऊसप्रति जनताको विश्वास पनि टुट्दै गएको छ।

त्यति मात्र होइन, राज्य र ऊ मातहतका निकायबीच समन्वय अभाव रहेको स्पष्ट हुन्छ। संघ, केन्द्र र स्थानीय सरकारबीच मात्र होइन, प्रधानमन्त्री र मन्त्रीहरुबीच पनि छलफल, संवाद र समन्वय अभाव देखिएको विश्लेषक कृष्ण पोखरेलको बुझाइ छ।  नागरिक दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस