कालोबजारी गर्ने अवैतानिक दुत सुलभसँगै ‘क–कसका खोसिए निलो प्लेटका गाडी र राष्ट्रिय झण्डा ?’

शुक्रबार, २८ चैत्र २०७६, १० : ३५
कालोबजारी गर्ने अवैतानिक दुत सुलभसँगै  ‘क–कसका खोसिए निलो प्लेटका गाडी र राष्ट्रिय झण्डा ?’

काठमाडौं । भनिन्छ नी, एउटा आलु बिग्रियो भने त्यसले भण्डारमा राखिएका अरु आलुलाई पनि कुहाँउछ, बिगार्छ । त्यस्तै भएको छ अहिले विभिन्न ब्यापारिक घरानाका उधोगपतिका सामुन्ने । 

शंकर गुप्रका निर्देशक शुलभ अग्रवालका कारण अन्य ब्यापारिक घरानाका उद्योगपति माथी पनि अवैतानिक दुतका रुपमा पाएको सुविधा दुरुपयोग गरेका त छैनन् ? भन्ने प्रश्न उठेको छ भने बुधबारबाट उनीहरुले पाउँदै आएको सुविधा परराष्ट्र मन्त्रालयले खोसिदिएको छ ।

अर्थात परराष्ट्रले ब्यापारिक घरानाका उद्योगपतिहरुले विभिन्न देशका अवैतानिक दुतका रुपमा पाउदै आएका निलो प्लेटको गाडीमा प्रयोग गर्न पाउने सुविधा र गाडीमा राष्ट्रिय झण्डा राख्न पाउने सुविधा खोसिदिएको छ ।  शंकर गुप्रका निर्देशक शुलभ अग्रवाल कालाबजारी गर्दागर्दै रंगेहात पक्राउ परेपछि सरकारले अवैतानिक दुतका त्यस्ता सुविधा खोसिदिएको हो ।

क –कसका खोसिए सुविधा ? 

अवैतानिक महावाणिज्यदूत (अनररी कन्सुलर) एक मानार्थ पद हो । शुलभको कालोबजारीको धन्दा पछि नेपालमा अवैतानिक दूत कानुन विपरीत काम गरी उन्मुक्ति पाउनका लागि लिने सुविधा भएको गरी प्रमाणित हुन पुगेको छ ।

कूटनीतिक सुविधा पाउने भएपछि पछिल्लो समयमा अवैतानिक दूत हुने होडबाजी चलेको थियो । त्यही क्रममा नेपालमा अहिलेसम्म ५१ देशका अवैतानिक दुत रहेको परराष्ट्रको तथ्यांकमा देखिएको छ । उनीहरुले निलो प्लेट गाडीमा राख्न पाउने र राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने सुविधा यस अगाडी थियो । तर शुलभ प्रकरणपछि परराष्ट्रले बुधबार मन्त्रीस्तरको निर्णयवाट सुविधा सबैको खोसिदिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा यी ब्यक्तिहरु विभिन्न देशका अवैतानिक दूत थिए, उनीहरुको अहिले निलो प्लेट र राष्ट्रिय झण्डा खोसिएको छ ।

चन्द्र ढकाल–  इण्डोनेसिया
अजय सुमार्गी – बेलारुस
आङछिरिङ शेर्पा – बेल्जियम
राजेशकाजी श्रेष्ठ – भियतनाम
वसन्तकुमार चौधरी– मोरक्को
अरुणकुमार चौधरी– हंगेरी
निर्वाणकुमार चौधरी – सर्बिया
राहुल चौधरी– माल्दिभ्स
बरुण चौधरी –काजकिस्थान
अम्बिका श्रेष्ठ – स्पेन
राजेन्द्र खेतान– पोर्चुगल
प्रेमप्रकाश खेतान– टर्की
पारस शाक्य – फिजी
अमिरप्रताप राणा – क्रोसिया
पद्मज्योति –साइप्रस
प्रदीपकुमार श्रेष्ठ –दक्षिण अफ्रिका
शशीकान्त अग्रवाल – इक्वेडर
शिवरतन शारदा –जर्जिया
विक्रम पाण्डे – ग्रिस
अशोककुमार अग्रवाल– गिनी
नरेश श्रेष्ठ– इरान
मनोजबहादुर श्रेष्ठ– आयरल्याण्ड
प्रतिमा राणा पाण्डे– इटली
कर्ण बैद्य– लात्भिया
शोभाकर न्यौपाने– लिथुहनिया
श्रीराम लामिछाने – लक्जमबर्ग
राजेन्द्र गिरी– इथोपिया
नवराज दाहाल– इष्टोनिया
हरि धरेल– डेनमार्क
विनयमान श्रेष्ठ– कोलम्बिया
वसन्तराज मिश्र – चिली
बिष्णुकुमार अग्रवाल– चेक रिपब्लिक
बुद्ध बस्नेत –क्यानडा
भोलाविक्रम थापा – बुल्गेरिया
दिनेश श्रेष्ठ– माल्टाका
नरेश दुगड – मेक्सिको
छेतेन गुर्मेन श्रेष्ठ – मंगोलिया
सुमितकुमार अग्रवाल–पेरु
सुरज बैद्य – फिलिपिन्स
लोकमान्य गोल्छा–पोल्याण्ड
नारायण बजाज– रुमानिया
पासाङदाबा शेर्पा– स्लोभाक रिपब्लिका
गजेन्द्रबहादुर श्रेष्ठ– स्वीडेन
राजेश चौधरी – तान्जेनिया
किरण बैद्य – युक्रेन

शुलभसँग आक्रोशित

कुटनीतिक नियोगका लागि प्रयोगमा ल्याएको निलो प्लेटको सवारी सधानमाफर्त कालोबजारी गरेपछि अन्य कतिपय इमान्दार ब्यापारीहरुमा समेत दाग लगाउने काम गरेको भन्दै केही ब्यवसायीहरु भने शुलभ अग्रवालसँग आक्रोशित भएका छन् । सवै अवैतानिक दुत उस्तै हुन् भन्ने गलत सन्देश गएको भन्दै एउटा ब्यक्तिका कारण अन्य पनि दोषी देखिने गरी काम भएको भन्दै उनीहरु अग्रवालसँग आक्रोशित देखिएका हुन् । 

उनकै कारण पाउदै आएको निलो प्लेट र राष्ट्रिय झण्डाको सुविधा परराष्ट्रले खोस्ने वातावरण निर्माण भएको भन्दै उनीमाथी कडा कारवाहीको माग पनि कतिपय ब्यवसायीले गरेका छन् । शुलभ अहिले प्रहरी हिरासतमा छन् । उनलाई बुधबार ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो ।

उनी अहिले पनि दरबारमार्ग प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले कालोबजारी ऐन २०३२ अनुसार मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ । यो मुद्दामा उनी दोषी करार भए उनलाई ५ वर्षसम्मको कैद सँजाय हुन सक्ने छ ।
 

प्रतिक्रिया दिनुहोस