एजेन्सी । कोरोना भाइरसको संक्रमणको अत्याधिक चेपेटामा रहेको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दाबी गरेका छन् ।
ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको दाबी गरेका हुन् । उनले त्यो औषधीको चाँडै मानवमा परिक्षण गरेका बताए ।
ट्रम्पले ब्रिफिङ्गको क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताए । अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा जुटेका छन् । यसमा सकारात्मक काम भइरहेको भए पनि तत्काल कुनै खोप उलब्ध भइसकेको छैन् । औषधी अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यसको खोप बनेपछि ६ महिना, १ वर्ष लाग्न सक्छ भन्दै बताउदैं आएका छन् ।
यहिबिचमा कोरोना भाइरसको संक्रमण निको भएकामा पुनः संक्रमण तथा महामारीबाट माथि उठ्दै गरेका चीनसहितका देशमा फेरि महामारी फैलिन सक्ने चिन्ता छ । यस्तोमा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः हुन नदिने खालको औषधि पत्ता लागेको र त्यसको परीक्षण पनि भइरहेको बताएका हुन् ।
ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने बताउँदै आएका छन् । वैज्ञानिकले त्यसको प्रभावकारिता पुष्टि नगरे पनि ट्रम्पले भने त्यसको प्रयोगमा जोड दिँदै आएका छन् र अमेरिका सरकारले ठूलो मात्रामा सो औषधि भण्डारण गर्न थालेको पनि छ ।
यसैबिच ट्रम्पले अमेरिकामा अहिलेसम्म २० लाख भन्दा बढीमा कोरोना भाइरस परीक्षण गरिएको दाबी गरेका छन् । उनको यो दाबी वास्तविक संख्या भन्दा कम रहेको हुन सक्ने र धेरैले अझै पनि परीक्षण गर्न नपाएको बताउने गरेका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय नाघेको छ । बिहीबार मात्रै १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ४ लाख ६५ हजार भन्दा बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका र बेलायतले कसरी सघाउँदैछ इजरायललाई ?
सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे
सङ्क्रमणकालीन न्यायको काम टुङ्ग्याउने सहयोग रहन्छ: अमेरिका
अमेरिकामा बेरोजगारी दर २ वर्षयताकै उच्च
अमेरिकाले भन्यो, ‘युएफओ देखिएको घटना गोप्य सैन्य परीक्षण’