अमेरिका । विश्वव्यापीको महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ ।
सोलुखुम्बुको सोताङ गाउँपालिका–४ दिम्बल घर भएका ङिमा तम्बा शेर्पाको मृत्यु भएको हो । उनी विगत ३ वर्षदेखि अमेरिका बस्दै थिए । ङिमाको बुधबार बिहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले जनाएको छ । शेर्पाका एक छोरा र एक छोरी छन् ।
शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो । अमेरिकामा रहेका नेपाली हाल सम्म के कति संक्रमित भए त्यो भने अहिले सम्म खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत