कोरोना सन्त्रास

भारतीय सीमानाकाको प्रत्येक २ किलोमिटरमा शसस्त्र प्रहरीको फोर्स तैनाथ

विहीबार, २७ चैत्र २०७६, १० : ३२
भारतीय सीमानाकाको प्रत्येक २ किलोमिटरमा शसस्त्र प्रहरीको फोर्स तैनाथ

file Photo

काठमाडौँ । भारतसँग जोडीएको दक्षिणी सीमानामा कोरोनाको जोखिम बढेसंगै एक महिना पछि ससस्त्रको फोर्स थपिएको छ । अहिले विभिन्न सिमानाकाहरुमा २ हजार ३ सय ससस्त्रको फोर्स थपिएको छ ।  आन्तरिक रुमपा भएको रिजर्भ सुरक्षाकर्मिलाई नै परिचालन गरिएको छ । थपिएसँगै अब यहाँ ९ सय १ सिमा सुरक्षा पोष्ट तयार भएको ससस्त्र प्रहरी बल नेपालले जनाएको छ । 

खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गर्न सरकराले यसरी फोर्स थपेको हो । सरकारको निर्देशन अनुसार अब हरेक दुई किलोमिटरमा रहने गरी फोर्सलाई तैनाथ गरिएको ससस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक प्रविण कुमार श्रेष्ठले बताए । प्रारम्भिक चरणमा दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीका मात्रै २ हजार २ सय ७० जनाको थप फोर्स थपिएको छ ।

यसअघि ३ हजार सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएका थिए । पहिले करिब १६ देखि १७ किलोमिटर दुरीमा रहेको सीमा पोष्ट थप फोर्स परिचालन गरेसँगै बढीमा हरेक दुई किलोमिटरको दुरीमा चौकी स्थापना भएको छ ।  फोर्स थपिएसँगै अहिले भारतीय सीमानाकामा सशस्त्र प्रहरीको अस्थायी सहित सुरक्षा निगरानी बढेको छ । जोखिमलाई मध्यनगर गरी पहिले रहेको १ सय २० स्थायी निगरानी चौकीसँग समन्वय गर्ने गरी थप टोली खटाइसकेको हो ।

नयाँ फोर्सले काम थालिसकेको छ । कतिपय ठाउँमा स्थानीय तहसँग समन्वय गरेर चौकीका लागि आवश्यक सामग्री जुटाइएको र कतिपय आफ्नै टेन्टमा राखिएको छ ।  मानिस सीमाको मुख्य विन्दुबाट मात्रै होइन, साना–साना गोरेटा र अन्य खुला क्षेत्रबाट समेत आवतजावत गर्न सक्ने छैनन् । केही जङ्गल क्षेत्रमा आँखा छल्न खोजे पनि आवश्यक गौँडामा प्रहरी चौबिसैघण्टा परिचालन गराइएको छ । 

गृहमन्त्री रामबहादुर थापाका अनुसार दक्षिणी नाकाको सुरक्षालाई ध्यानमा राखेर सीमा सुरक्षालाई अझ बढी कडाइ गर्न सशस्त्र प्रहरीले सुरक्षाको जिम्मा दिइएको छ । सबै निकाय गरेर सीमा क्षेत्रमा ११ हजार सुरक्षा फोर्स खटाएको र अझै ३÷४ हजार फोर्स थप्ने क्रममा सरकार रहेको छ । सरकारले दक्षिणी सीमा क्षेत्रबाट रोगको सङ्क्रमणको जोखिम देखिएकाले अन्य आवश्यक तयारी थालेको छ ।

सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले पनि आवश्यक कदम उठाउन थालेको छ । सातवटै प्रदेशमा डेडिकेट अस्पताल स्थापना गर्ने प्रक्रियासमेत अगाडि बढेको गृहमन्त्री थापाले बताए । मुलुकमा कोभिड–१९ को जोखिम बढेकाले यही चैत ११ गतेदेखि सरकारले लकडाउनको आदेश जारी गरेको थियो ।  अझै केही हप्ता सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको सरकारले जनाइसकेको छ । अहिलेको समयमा घरमै बस्ने, मास्क लगाउने, साबुन पानीले हात धुने, भिडभाडमा नजाने, हात नमिलाउने, सामाजिक दुरी कायम गर्नेजस्ता क्रियाकलाप गरे कोभिड–१९ बाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

पहिलो पटक चीनमा देखिएको यसलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

यो नयाँ प्रजातिको भाइरस हो । जुन मानवजातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास समस्या गराउन सक्दछ । र त्यो संक्रमणसँगै निमोनिय भएर मान्छेको मृत्यु हुने गरेको पाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस