काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।
उज्यालो नेपाल पार्टीको घोषणा सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रूपमा बुझेको पनि बताए ।
‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठुलो झगडा भयो । ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ,’ घिसिङले भने, ‘त्यसबाट मलाई मन्त्रीको रूपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।’
अब भने देशकै लिड (नेतृत्व) गर्नुपर्छ कि भन्ने आफूलाई लागेको जिकिर गरे ।
‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ,’ घिसिङले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'