काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।
उज्यालो नेपाल पार्टीको घोषणा सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रूपमा बुझेको पनि बताए ।
‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठुलो झगडा भयो । ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ,’ घिसिङले भने, ‘त्यसबाट मलाई मन्त्रीको रूपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।’
अब भने देशकै लिड (नेतृत्व) गर्नुपर्छ कि भन्ने आफूलाई लागेको जिकिर गरे ।
‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ,’ घिसिङले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ
फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ
संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई
सडक निर्माण गर्ने अहिले उपयुक्त मौसम हो, कामलाई तीव्रता दिनूस्: मन्त्री घिसिङ
कीर्तिपुर क्रिकेट रङ्गशाला हस्तान्तरणसँगै नेपालको क्रिकेट उज्यालो भविष्यतर्फ : मन्त्री घिसिङ
मेलम्चीको अवरोध हटाउन पहलका लागि हेलम्बुका अध्यक्षसँग कुलमानको आग्रह