स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्नँ : मन्त्री ढकाल

रासस

बुधबार, २६ चैत्र २०७६, २१ : २५
स्वास्थ्य सामग्रीको अभाव हुन दिइन्नँ : मन्त्री ढकाल

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहो¥याउनुभएको छ । 

सुदुरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र  उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताउनुभएको हो ।

आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको जनाउँदै उहाँले कतिपय सामाग्रीहरू निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिनुभयो । 

मागपत्र बुझाउन बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस