काठमाडौं । नेकपाले पार्टीभित्रको गुटबन्दी र अनुशासनहीनताका विषयमा पटक–पटक छलफल गर्दै आएको छ । पछिल्लोपटक पुस पहिलो साता सम्पन्न स्थायी समिति बैठकपछि ओली र प्रचण्डले गुटबन्दी र अनुशासनहीन काम गनेलाई कारबाहीको दायरामा ल्याइने सर्कुलर जारी गरेका थिए ।
‘पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी अनुशासन र पद्धतिविपरीत बोल्ने, लेख्ने, पार्टी नीतिविपरीत भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्नुपर्दछ । अनुशासनहीन काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ,’ अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको थियो ।
तर, नेकपाभित्र गुट भेला, सामाजिक सञ्जालमै पार्टी नेतृत्व र सरकारको कामलाई नकारात्मक कोणबाट टिप्पणी गर्ने लगायतका सर्कुलरविपरीतका गतिविधि भने अझै रोकिएको छैन । नेकपाभित्र अनुशासनको विषय हेर्ने केन्द्रीय अनुशासन आयोग अझै अपूर्ण छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ