काठमाडौं । नेकपाले पार्टीभित्रको गुटबन्दी र अनुशासनहीनताका विषयमा पटक–पटक छलफल गर्दै आएको छ । पछिल्लोपटक पुस पहिलो साता सम्पन्न स्थायी समिति बैठकपछि ओली र प्रचण्डले गुटबन्दी र अनुशासनहीन काम गनेलाई कारबाहीको दायरामा ल्याइने सर्कुलर जारी गरेका थिए ।
‘पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी अनुशासन र पद्धतिविपरीत बोल्ने, लेख्ने, पार्टी नीतिविपरीत भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्नुपर्दछ । अनुशासनहीन काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ,’ अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको थियो ।
तर, नेकपाभित्र गुट भेला, सामाजिक सञ्जालमै पार्टी नेतृत्व र सरकारको कामलाई नकारात्मक कोणबाट टिप्पणी गर्ने लगायतका सर्कुलरविपरीतका गतिविधि भने अझै रोकिएको छैन । नेकपाभित्र अनुशासनको विषय हेर्ने केन्द्रीय अनुशासन आयोग अझै अपूर्ण छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेकपासँग नाउपाको एकता
नेकपाले समानुपातिकमा सबै ‘नयाँ अनुहार’ पठाउने
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान