चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाऔँ, कोरोनाविरूद्ध हातेमालो गरौँः स्वास्थ्यमन्त्री ढकाल

रासस

आइतबार, २३ चैत्र २०७६, २१ : ४४
चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाऔँ, कोरोनाविरूद्ध हातेमालो गरौँः स्वास्थ्यमन्त्री ढकाल

फाईल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनुभएको छ ।  

मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकासमैत्री संघका तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) आज बुझ्दै मन्त्री ढकाललेसरकारले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिनुभयो । एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय र  नेपाल भारत संघले नेपालमै उत्पादन गरेको  तीन सय थान पिपिई हस्तान्तरण भएको हो । 

सो अवसरमा मन्त्री ढकालले भन्नुभयो ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पु¥याउँछ । सरकारले पनि  मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ ।’ उहाँले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षमा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था तथा सुरक्षाको  उचित प्रबन्ध गरेको जानकारी दिनुभयो । मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता पनि दोहो¥याउनुभयो । 

स्वास्थ्यमन्त्रीले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै भन्नुभयो, ‘यति लामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालाको सेवा सातै प्रदेशमा लैजाने काम हामी व्यवहारमै गरेका छौँ ।’

मन्त्री ढकालले स्वास्थ्यका केही सामग्री उपलब्ध भए पनि अझै पूर्ण रूपमा सामग्री संकलन गरेर सम्बन्धित ठाउँमा पु¥याउने काम भइरहेको जानकारी दिनुभयो । उहाँले यो समय सबैले मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिँदै रोगबाट जोगिन  नेपालीलाई बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिने छ भन्नुभयो । उहाँले अहिले हिलो छ्याप्ने काम बन्द गर्न सबैलाई अनुरोध गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस