काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारिरहेको बेला अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरूको सूचीमा परेपछि गल्फ खेलाडी प्रतिमा शेर्पाले बेग्लै किसिमको सुख महसुस गरेकी छन् ।
‘द फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२०’ मा इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्सतर्फ प्रभावशाली ३० युवामा परेपछि प्रतिमाले शुक्रबार भनिन्, ‘सन् २०२० मा सुरुबाटै एकदमै नराम्रा खबरहरू सुनिरहेकी थिएँ। यो वर्ष नै त्यस्तै हुन्छ कि भन्ने लागिरहेको थियो। हिजो यो (फोर्ब्सको सूची) सुनेपछि ओके, राम्रो आयो भन्ने भयो। खाली नेगेटिभमात्रै होइन, पोजिटिभ पनि हुन्छ र राम्रो पनि भइरहेकै रहेछ भन्ने लाग्यो।’
एक वर्षयता अमेरिकाको क्यालिफोर्नियामा अध्ययनसँगै खेललाई निरन्तरता दिइरहेकी उनीसँग नेपालका युवा उद्यमीहरू निकिता आचार्य, किरण तिम्सिना (दुवै अर्वान गर्ल), रोहित तिवारी (फुडमारियो), जेसेलिना राणा र शुभांगी राणा (दुवै प्याडटूगो) फोर्ब्सको ३० वर्षमुनिको महादेशकै प्रभावशाली युवा रिटेल एन्ड इकमर्स तथा सोसल अन्टरप्रेनर्स विधाको शीर्ष ३० सूचीमा छन्। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ चैत्र २०७६, ०७ : ३८
लेखकबाट थप