काठमाडौं । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ ।
अख्तियारले बिहीबार महानिर्देशक श्रेष्ठलाई बोलाएर सोधपुछ गरेको हो । सोधपुछका क्रममा महानिर्देशक श्रेष्ठले स्वास्थ्यजन्य सामग्री खरिद गर्दा अपनाएको सम्पूर्ण विधि र प्रक्रियाबारे अख्तियारलाई जानकारी गराएका थिए ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित विभागका अधिकारीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपरेलगत्तै सो विषयलाई उच्च प्राथमिकता दिँदै अनुसन्धान थालेको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ चैत्र २०७६, ०७ : १९
लेखकबाट थप