पोखरामा कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

शुक्रबार, २१ चैत्र २०७६, १६ : ४०

काठमाडौँ । पोखरामा कोरोनासंक्रमित भनेर आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।

कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका गरी थप परीक्षणका स्वाब काठमाडौँ पठाइएको थियो । थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।