काठमाडौं । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा आज राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्डको दुल्लु नगरपालिका –३ सियालामा दुर्घटनामा परेको थियो ।
ट्रक सडकभन्दा तीन सय मिटर तल खसेको थियो । घाइते हुनेमा ठाटीकाँध –६ का २३ वर्षीय चालक सागर शाही, दुल्लु –२ की २२ वर्षीया लक्ष्मी थापा, सोही वडाकी १७ वर्षीया रमिला थापा र जुम्ला जिल्ला सिंजा गाउँपालिका – ६ का १८ वर्षीय कर्णबहादुर बुढा छन् । घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपनिरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० चैत्र २०७६, २१ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु