कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको ६० लाख सहयोग

सफल खबर संवाददाता

विहीबार, २० चैत्र २०७६, १५ : ०१
कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको ६० लाख सहयोग

लन्डन । विश्वभरी महामारीको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड -१९) विरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आह्नान गरेनुसार बैठक सम्पन्न भएको छ । 

बैठकले कोरोना  विरुद्ध लड्न युरोपका सम्पूर्ण एनसीसीहरुको ऐक्यबद्धताको साथ न्यूनतम साठी लाखको एक आपतकालीन कोष स्थापना गर्दै अत्यावश्यक सहयोगको लागि कोरोना प्रभावित स्थानहरुमा परिचालन गर्ने निर्णय गरेकाे छ ।

बैठकबाट संयोजक नारायण आचार्यको अध्यक्षतामा तिनै जना उप-संयोजकहरु, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने  सम्पूर्ण आईसीसी सदस्यहरु, यसै क्षेत्रबाट प्रतिनिधित्व गरेका मानार्थ परिषद सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिवहरु र युरोपक्षेत्र महिला तथा युवा संयोजक सम्मिलित  एनआरएनएन कोभिड - १९ सहयोग समिति गठन गरिएको यूरोप उप-संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए।