प्रहरीले थाल्यो ड्रोनबाट लकडाउनको अनुगमन

सफल खबर संवाददाता

बुधबार, १९ चैत्र २०७६, १९ : २३
प्रहरीले थाल्यो ड्रोनबाट लकडाउनको अनुगमन

काठमाडौं । सरकराले कोरोना कोरोना भाईरस संक्रमण हुन नदिन लकडाउन गरेको एक साता वितेको छ । 

अझै पाँच दिन लकडाउनको अबधी छ । यो बीचमा लकडाउन उल्लंघन गर्नेहरु बढीरहेका छन् । उपत्यकामा लकडाउन उल्ंघन गर्नेहरुलाई प्रहरीले केही घण्टा सडकमै राखेर होलड गरिरहेको छ । 
उपत्यकामा आजदेखि भने प्रहरीले लक डाउनको अनुगमन गर्ने  ड्रोनको प्रयोग गरेको छ । 

कोरोना भाइरस (कोभिड(१९) संक्रमणको कारण नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको समेत प्रयोग गरेको हो । 
विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत एवम् यातायात संचालनमा रोक (लकडाउन) अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन थालिएको नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

ड्रोनको सहयोगमा कहाँ के भइरहेको छ भनेर सजिलै अनुगमन गर्न सकिने प्रहरीले जनाएको छ । उनका अनुसार उपत्यकामा दैनिक एकहजार भन्दा बढीलाई लकडाउन उल्लंघनमा कारवाही हुने गरेको छ ।