सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो । मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ चैत्र २०७६, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते