चितवन । रोटरी ईन्टरनेस्नल डिष्ट्रिक्ट ३२९२ र रोटरी क्लब दरबारमार्गले रोटरी क्लव अफ चितवन मार्फत यहाँका चार अस्पताललाई व्याक्तिगत सुरक्षा सामाग्री (पिपिई)हरु सहयोग गरेको छ । क्लबले आज यहाँ एक कार्यक्रमका बिच भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताल, भरतपुर अस्पताल, चितवन मेडीकल कलेज र कलेज अफ मेडीकल साईन्सेजलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेल, पूर्ब अध्यक्ष मित्रराज दवाडी, उपाध्यक्ष प्रा.डा.कृष्ण पौडेल र प्रा.डा. हरिशचन्द्र न्यौपानेले ती अस्पतालहरुलाई ५० थान पिपिई, ६० थान रवरको जुत्ता र एउटा पानीको फिल्टर हस्तान्तरण गर्नुभएको हो । कोरोना अस्पतालका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई १४ थान पिपिई, १५ थान जुत्ता र एक थान फिल्टर उपलव्ध गराईएको हो ।
त्यसैगरि भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, चितवन मेडीकल कलेजका निर्देशक डा. दयाराम लम्साल र कलेज अफ मेडीकल साईन्सेजका निर्देशक डा. मनोहर प्रधानलाई १२÷१२ थान पिपिई र १५÷१५ थान जुत्ता हस्तान्तरण गरिएको हो । ती सामाग्री रु ४ लाख बराबरका रहेका छन् ।
यस्तै भरतपुर कोरोना नियन्त्रण कार्यदललाई जिल्लाका अस्पतालमा सहयोग गर्ने गरि लायन्स क्लव अफ नारायणगढ बालकुमारी र नारायणी मोटर्स नारायणगढले रु ९८ हजार बराबरको १४ थान पिपिई आजै हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष हरेराम पौडेल, पूर्ब अध्यक्ष ईश्वरराज राजभण्डारी, नारायणी मोटर्सका संञ्चालक बालगोपाल चुके, अनुसा चुके, अभिषेक चुके र आयुशा चुकेले कार्यदलका संयोजक रेनु दाहाल र सदस्य एबं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ती सामाग्री हस्तान्तरण गर्नुभयो ।
त्यसैगरि सपना भिलेज सोसियल ईम्प्याक्टले चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडालाई रु २५ हजार बराबरको माक्स हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष ध्रुब गिरिले ती सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ चैत्र २०७६, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग