काठमाडौं । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।
लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उहाँको ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उहाँका आफन्त प्रमानन्द ठगुन्नाले बताउनुभयो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाउनुभयो ।
नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्नाले भन्नुभयो, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछाँै, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुप¥यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ चैत्र २०७६, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु