काठमाडौँ । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको हो ।
शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको प्रहरी निरीक्षक पुरीले बताउनुभयो । यता मृतकका परिवारजनले अस्पताल र चिकित्सकको लापरवाहीका कारण यादवको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ चैत्र २०७६, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु