काठमाडौँ । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको हो ।
शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको प्रहरी निरीक्षक पुरीले बताउनुभयो । यता मृतकका परिवारजनले अस्पताल र चिकित्सकको लापरवाहीका कारण यादवको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ चैत्र २०७६, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु