काठमाडौं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपिलाल पहरी र वडा नं. २ का २५ वर्षीया सङ्गीता पहरीको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।
गोपिलालको शिर मेमोरियल अस्पताल बनेपा र सङ्गीताको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । उहाँका अनुसार २७ जना घाइतेमध्ये बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँचजना र बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बिहान भक्तपुरबाट रामेछापको दोरम्बातर्फ आउँदै गरेको बा१४च ९४९८ नम्बरको बोलेरो पिकअप राकाथुममा पुग्दा सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा बालबालिकासहित गरेर ३० जना घाइते भएको र उपचारका लागि पठाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताउनुभयो । गाडी चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ चैत्र २०७६, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
हेटौँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर