काठमाडौं । नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशको बैठकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक कदम चाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा आज बसेको बैठकले १८ बुँदे सुझावसहित सरकारको ध्यानाकर्षण गराएको काँग्रेस संसदीय दलका सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो ।
बैठकपछि जारी विज्ञप्तिमा कोरोना नियन्त्रणका लागि केन्द्रको साथै प्रदेश सरकार पनि गम्भीर, संवेदनशील, दृढ र गतिशील हुन आवश्यक रहेको भनिएको छ ।
नागरिकले कोरोना नियन्त्रणका लागि सजगता र धैर्य अपनाउनु आवश्यक रहेकामा जोड दिँदै यसका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति राज्य र नागरिकको पूर्ण साथ र सहयोग जरुरी रहेको काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ चैत्र २०७६, २२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै