चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने

रासस

शनिबार, १५ चैत्र २०७६, २१ : ०७
चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने

काठमाडौं । तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ ।  

स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि सरकारले बन्द  तातोपानी र रसुवा नाका सञ्चालन गरेर अति आवश्यक सामग्री ल्याउने निर्णय गरेको थियो ।