नवलपरासीमा ५ सय बेडको क्वारेन्टाइन तैयार,२२ जना क्वारेन्टाइनमा राखियो

शनिबार, १५ चैत्र २०७६, १९ : १५
नवलपरासीमा ५ सय बेडको क्वारेन्टाइन तैयार,२२ जना क्वारेन्टाइनमा राखियो

नारायण शर्मा 
नवलपरासी । कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बेला सतर्कता अपनाउन देबचुली नगरपालिकाको क्षेत्र भित्र ५ सय बेडको क्वारेन्टाइन तयार बनाएर राखेको छ ।  रजहर स्थित प्राकृतिक चिकित्सालयमा ४ सय बेड र नगरपालिका भित्रका १७ वटा बिद्यालयमा थप एक सय बेड तैयार भैसकेको हो ।

तयार क्वारेन्टाइनमा शनिवार सम्म २२ जना बसेका छन् ।  रजहरमा रहेको प्राकृतिक चिकित्सालयका २ सय ५० वटा कोठामा ४ सय बेड तैयार भैसकेको छ । निर्देशक डा. बिनोद पौडेलले ४ सय बेड तयारी अबस्थामा रहेको र शनिवार सम्म २२ जना क्वारेनटाइनमा बसेको जानकारी दिए । क्वारेन्टाईनमा बस्ने सबै पुरुष छन् ।

उनीहरु अधिकांस विदेशवाट फर्किएका हुन । चिकित्सालयमा १६ जना र जोखिममा रहेकाको घरपायकवाट नजिकका बिद्यालयहरुमा बनाइएको क्वारेन्टाइनमा ६ जना राखिएको छ ।  चिकित्सालयमा ६ सय बेड अरु थप्न मिल्ने ठाउ तैयार छ । सम्भावित संक्रमित वा बिरामीको चापको अनुपातमा बेड थप्दै जाने तैयारी रहेको उनले जानकारी दिए । ११ बिघा क्षेत्रफलमा स्थानिय प्रयासवाट निमार्ण गरेर संचालनमा ल्याइएको चिकित्सालय जंगल भित्र र एकान्तमा छ ।

त्यहा“ आइसोलेशन बेड बनाउन सकिदैन । चिकित्सा पद्धतीवाट मात्र उपचार हुने भएकोले ल्याब र जनशक्ति अभाव रहेको छ । संक्रमण देखिएमा भरतपुरमा खोलिएको कोरोना अस्पतालमा रिफर गर्ने ब्यबस्था गरिएको छ । क्वारेन्टाइनमा बस्नेको अस्पतालमै १ वटा एम्बुलेन्स तैयारी अबस्थामा राखिएको छ । संक्रमितको जोखिममा रहेकाहरुको परिक्षणगर्दा चिकित्सकहरुको सुरक्षार्थ पिपिइ (प्रशनल प्रोटेक्टीभ इक्विपमेन्ट) को अभाव रहेको छ । 

देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालका अनुसार नगरपालिकाका सबै वडाका होस्टल रहेका बिद्यालयमा क्वारेन्टाइन कक्ष तैयार भैसकेको छ । त्यहा आउनेहरुलाई निःशुल्क खाने बस्ने ब्यबस्था रहेको छ । 
नगरपालिकाले शनिवार बिहान बिहान सम्म बिदेशवाट आउनेको संख्या १ सय ४२ रहेको जानकारी दियो । ति सबै भारत र खाडी मुलुकवाट आएकाहरु हुन । हरेकदिन नगरपालिका प्रबेश गर्नेहरुको तथ्यांक राख्ने गरिएको छ । उनिहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्न प्रेरित गरिएको छ ।

संक्रमणको लक्षण पत्ता लगाउन १४ दिन सम्म राख्नुपर्ने भएका कारण उनिहरुलाई त्यति अबधि राख्ने व्यवस्था मिलाएइको छ । घरमा पर्याप्त कोठा नहुनेहरुलाई क्वारेन्टाइन जान अनिवार्य गरिएको छ । 

कोरोनासंग लड्न पालिकाको एक करोड बजेट 
नगरपालिकाले कोरोना संक्रमणसंग बचाउन १ करोड बजेट छुटयाएको छ । बिपत ब्यबस्थापन कोषकालागि छ्टटयाइएको १ करोड नगरपालिकाले कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने निर्णय नगर पालिकाले गरेको छ । 
पुर्वी नवलपरासीमा रहेका ८ वटा पालिकामा चिकित्सकिय मापदण्डको धेरै क्वारेन्टाइन कक्षको ब्यबस्थापन गर्ने देबचुली पहिलो नगरपालिका हो । 

प्रतिक्रिया दिनुहोस