विश्वको शक्तिशाली हुने होडबाजीमा रहेको अमेरिका कसरी चीनबाट परास्त उन्मुख हुदैंछ ?

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, ११ : ३२
विश्वको शक्तिशाली हुने होडबाजीमा रहेको अमेरिका कसरी चीनबाट परास्त उन्मुख हुदैंछ ?

एजेन्सी । चीनको बुहान शहरबाट उत्पती भएको कोरोना भाइरसले विश्वकै मानव जातिको अस्तित्व माथि नै प्रश्न चिन्ह उठाउदै लगेको छ । त्यहाँबाट उत्पती भएको यो संकट अहिले विश्वव्यापी बनेको छ । कोरोना विरुद्ध लड्न विकसित राष्ट्रहरु युद्धस्तरमा लागिपरेका छन् । तर यो अस्त्र विरुद्ध कसरी लडनेमा कुनै उपायको खोजी भईसकेको छैन । यसको दिर्घकालिन उपाय खोजी नहुदा मानिस मानिस बिच सामाजिक दुरी समेत कायम हुदै गइरहेको छ ।

तर जहाँबाट उत्पती भयो, त्यो देश चीनले अपनाएको उपाय विश्वको लागि एउटा पाठ बनेको छ, उसले अपनाएको उपायबाट चीन अहिले यसलाई निर्मुल पार्न त सकेको छैन तर संक्रमण दर ह्वात्तै घटाएर नयां संक्रमणका बिरामी एकदमै कम गर्न सफल भएको छ । यो कोरोना अस्त्रलाई कसरी परास्त गर्नेमा अन्य देशहरु एकजुट भइरहदा चीन भने पुर्ववत अवस्थामा फर्किन थालेको छ । उसले आ¥आफ्नो व्यापार, व्यवसाय संचालन गर्ने अवस्थामा पुगिसकेको छ । यता आफुलाई महाशक्तीशाली राष्ट्र भन्ने अमेरिका, रुस, लगायतका देश कोरोनासंग लडिरहेका छन् । चीनमा कोरोनाको उत्पती भएसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन प्रति गरेको कटाक्षपुर्ण व्यवहारले झनै यि दुई राष्ट्र बिचको दुरी बढाएको छ । 

कोरोनाको कहर बढदै जाँदा पृथ्वीको ठुलो जनसङ्ख्या यसको चपेटामा पर्ने चिन्ता व्याप्त छ ।  मानिसलाई अहिले सेल्फ क्वारेन्टाइन, आइसोलेशन, पुरै सहर लक डाउन जस्ता शब्द अनौठा लागिरहेका छन् । यो बेला विश्व शक्ति सन्तुलन कुन अवस्थामा रहेछ भन्ने समेत नयाँ तथ्य फेला परेको छ।   विश्व एकातिर कोरोनासँग कसरी जुध्ने भन्ने चिन्तामा छ भने  अर्थशास्त्रीहरु यो  ’२१ औँ शताब्दीको पहिलो र सबैभन्दा ठुलो विश्वव्यापी सङ्कटको सामना गरिसकेपछि विश्वले चीनमाथिको आफ्नो निर्भरता झनै कडा भएर अगाडी जान्छ कि भन्ने बताउन थालेका छन् ।

यो त्यसै भनेको छैन किनकि चिनियाँलाई हेप्ने, चीनको सधैँ  खिसीट्युरी गर्ने र मानव अधिकारको न्यूनतम मान्यताको समेत ख्याल नगर्ने जङ्गली र असभ्यहरूको देश भन्ने अमेरिका अहिले महसुस गर्न बाध्य भएको कि वास्तव मै ती सबै आरोप र अपहेलनाका बिच चीनले मानव स्वास्थ्य देखभालका सबैभन्दा आधारभूत उत्पादन र औषधी जस्तै, फेस मास्कदेखि फार्मास्यूटिकल औषधिहरू पेनिसिलिन  र आईबुप्रोफेन समेतमा अमेरिका कसरी चीनमा भर परेको रहेछ भन्ने प्रमाणित भएको छ।  अहिले आएर यो पनि विश्वलाई थाहा हुदैछ कि अमेरिकामा प्रयोग हुने आधा जति एन्टीबायोटिक र लगभग पुरै आईबुप्रोफेन चीनले आपूर्ति गर्दै आइरहेको थियो।  

चीनको आर्थिक वृद्धि सुस्त भएको छ भन्ने कतिपयको विश्लेषण उनीहरूको असत्य साबित जस्तै बनेको छ । चीनले विगतमा अंगिकार गरेको एक सन्तान नीतिको कारण चीनमा काम गर्न सक्ने उमेरको जनसङ्ख्या कम र अशक्तको सङ्ख्या बढ्दै छ भनेर गरेका विश्लेषण सही त हुन् तर त्यो जनसङ्ख्यालाई कसरी  उत्पादनमा जोडी राख्ने भन्ने चीनको नीतिबारे भने उनीहरू बेखबर जस्तै देखिए ।  चीनको कानुनी प्रणाली र तथ्याङ्कहरू नै अविश्वसनीय छन् भन्ने अर्को आरोप छ। त्यस्बाहेका चीनको सार्वजनिक स्वास्थ्य सेवा सुस्त, असक्षम भन्ने आरोप र पश्चिमेली विश्वास देखिन्थ्यो  यो पनि गलत प्रमाणित भएको छ। वास्तवमा चीनको यो रोग आफैमा एक अवसर बनेको छ।

उसले विश्वव्यापीताको नयाँ अवसर प्राप्त गरेको छ। आफ्ना चुनावी भाषणमा चीनको सस्तो समानले आफूहरूलाई गाह्रो र्पयो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई अहिले उनैलाई बोझिलो बन्ने देखिएको छ।  किनकि अब अमेरिका चीनको सस्तो बस्तु समेत निकै सोचेर मात्र किन्नुपर्ने गरी आर्थिक रूपमा थला पर्ने सम्भावनालाई केही अर्थशास्त्रीले महत्त्वका साथ सार्वजनिक गर्न थालेका छन्। अरू देश पुरा शक्ति एकीकृत गरेर कोरोना विरुद्ध लडिरहेको बेला चीनले आफ्ना उद्योग, कलकारखाना सञ्चालनमा ल्याइसकेको छ।  उसले उत्पादन सुरु गरिसकेको छ।  र, विश्वलाई आपूर्ति गर्न उ तम्तयार रहने देखिन्छ। 

अन्ततः चीनले फेरी एक पटक उ माथि भइरहेका शृङ्खलाबद्ध आक्रमणमा विजय प्राप्त गरेको छ ।  अमेरिकाले गरेको व्यापार युद्धमा उसलाई तल पारेपछि चिनियाँले फेरी अर्को युद्ध जितेका हुन् । चिनियाँहरूकै शब्दमा भन्दा ’अमेरिका द्वारा गरिएको जैविक आक्रमण’को गतिलो जवाफ फर्काएका छन् । अब चीनको युगको सुरुवात भएको छ । कोरोनासंग अन्य देश लड्न बाध्य भइरहदा यता चिन भने महाशक्ति राष्ट्र तर्फ उन्मुख हुदैं गएको छ । 

यी सबै कुराले पुष्टि गर्छ कि अब विश्व राजनीतिमा शक्ति सन्तुलन बदलिसकेको छ ।  चीनले एक सक्षम राष्ट्रको रूपमा आफूलाई स्थापित गरेको छ भने अमेरिका लगायतका शक्तिहरू अन्य देशसंग सहयोग, सद्भाव र मानवीय मूल्यको सम्मान सिक्न थालेका छन् । जे होस, कोरोना प्रकरणले यि महाशक्ती राष्ट्र बिच द्धन्द्ध या मानविय संवेदना मुख्य हो भन्ने पाठ नसिकाउला भन्न सकिन्न । 
 

प्रतिक्रिया दिनुहोस