चीनले दिने कोरोना परीक्षण सामग्री  शनिबार आउने

रासस

शुक्रबार, १४ चैत्र २०७६, १९ : ४२
चीनले दिने कोरोना परीक्षण सामग्री  शनिबार आउने

फाईल फोटो

काठमाडौं । चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।

बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले  जानकारी दिनुभयो ।

रु १८ लाख जम्मा हुने कोरोना भाइरस  संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु छ  लाख अन्ठाउन्न हजार आठ सय नौ  र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु एघार लाख चवालीस हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो ।