चितवन । कोरोना भाइरसको संक्रमणले संसारभरि महामारीको रुप लिइरहदा यसको रोकथामको प्रयास पनि शुरु भएको छ । कोभिड–१९को संक्रमण हुन नदिन सबैले सतर्कता अपनाईरहदा भरतपुर महानगरले सरसफाईमा विशेष ध्यान दिन थालेको छ ।
महानगरको अगुवाईमा ३ दिन अघिबाट अति संवेदनशिल स्थानहरु अस्थायी कोरोना अस्पताल, भरतपुर अस्पताल, एम्बुलेन्स लगायतमा सोडियम क्लोराईड मिसाएर ब्लिच गरेको पानी छर्किदै आएपनि आजबाट नारायणगढको विभिन्न स्थानमा पनि छर्किन थालेको छ ।
महानगरपालिकाका इन्जिनियर बिराट घिमिरले दिएको जानकारी अनुसार टंयाकरमा उक्त ब्लिच गरको पानी राखेर नारायणगढको लायन्स चौक, शहीद चौक देखि पुल्चौक सम्म छर्किएको बताए ।
‘सोडियम क्लोराईड मिसाएर तयार गरेको पानी छर्किनाले किटाणुको संक्रमण बढ्न पाउदैंन’–उनले भने,‘त्यसैले नारायणढको अति फोहोर र दुर्गन्धित भएको स्थानहरु हेरेर आजबाट छर्किन थालेको हो ।’ बजार बन्द भएपनि फोहोरहरु सडकमा फालिनाले त्यो उठाउनुका साथै जिवाणुको संक्रमण बढ्न नदिन यो सतर्कता महानगरले अपनाएको हो । महानगरले यो ब्लिच गरेको पानी नारायणगढसंगै भरतपुरका विभिन्न क्षेत्रमा छर्किने जनाएको छ ।
कोरोनाको संक्रमण अहिले सम्म चितवनमा नदेखिएपनि भित्रिन नदिन उच्च सतर्कता अपनाईएको हो । देशभरिकै केन्द्र भागमा रहेको चितवन सरुवा रोगको केन्द्रविन्दु रहदैं आएको छ । त्यसैले पनि महानगरले कोरोनासंगै अन्य रोग भित्रन नदिन सरोकारवालासंग सहकार्य गर्दै सरसफाईमा विशेष ध्यान दिदैं तथा मानिसहरुको भिडभाड हुन नदिन सतर्कता अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध
देशका ९ पालिकासँग भरतपुर महानगरको भगिनी सम्बन्ध
मेरिबेक सिटी काउन्सिल अष्ट्रेलिया र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना हुने
भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु
भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु