चितवन । कोरोना भाइरसको संक्रमणले संसारभरि महामारीको रुप लिइरहदा यसको रोकथामको प्रयास पनि शुरु भएको छ । कोभिड–१९को संक्रमण हुन नदिन सबैले सतर्कता अपनाईरहदा भरतपुर महानगरले सरसफाईमा विशेष ध्यान दिन थालेको छ ।
महानगरको अगुवाईमा ३ दिन अघिबाट अति संवेदनशिल स्थानहरु अस्थायी कोरोना अस्पताल, भरतपुर अस्पताल, एम्बुलेन्स लगायतमा सोडियम क्लोराईड मिसाएर ब्लिच गरेको पानी छर्किदै आएपनि आजबाट नारायणगढको विभिन्न स्थानमा पनि छर्किन थालेको छ ।
महानगरपालिकाका इन्जिनियर बिराट घिमिरले दिएको जानकारी अनुसार टंयाकरमा उक्त ब्लिच गरको पानी राखेर नारायणगढको लायन्स चौक, शहीद चौक देखि पुल्चौक सम्म छर्किएको बताए ।
‘सोडियम क्लोराईड मिसाएर तयार गरेको पानी छर्किनाले किटाणुको संक्रमण बढ्न पाउदैंन’–उनले भने,‘त्यसैले नारायणढको अति फोहोर र दुर्गन्धित भएको स्थानहरु हेरेर आजबाट छर्किन थालेको हो ।’ बजार बन्द भएपनि फोहोरहरु सडकमा फालिनाले त्यो उठाउनुका साथै जिवाणुको संक्रमण बढ्न नदिन यो सतर्कता महानगरले अपनाएको हो । महानगरले यो ब्लिच गरेको पानी नारायणगढसंगै भरतपुरका विभिन्न क्षेत्रमा छर्किने जनाएको छ ।
कोरोनाको संक्रमण अहिले सम्म चितवनमा नदेखिएपनि भित्रिन नदिन उच्च सतर्कता अपनाईएको हो । देशभरिकै केन्द्र भागमा रहेको चितवन सरुवा रोगको केन्द्रविन्दु रहदैं आएको छ । त्यसैले पनि महानगरले कोरोनासंगै अन्य रोग भित्रन नदिन सरोकारवालासंग सहकार्य गर्दै सरसफाईमा विशेष ध्यान दिदैं तथा मानिसहरुको भिडभाड हुन नदिन सतर्कता अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान