तीन दिनभित्र औषधि र उपकरण काठमाडौँ आउँछ : मन्त्री ढकाल

रासस

बुधबार, १२ चैत्र २०७६, १९ : १६
तीन दिनभित्र औषधि र उपकरण काठमाडौँ आउँछ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र  ल्याउने बताउनुभएको छ । पत्रकार सम्मेलनमा आज उहाँले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी आजै अन्तिम टुङ्गो लगाउने  बताउनुभयो । 

ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पु¥याइने उहाँले जानकारी दिनुभयो । मन्त्रीका अनुसार ती सामग्री पु¥याउनका लागि मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पु¥याइने तयारी गरिएको छ । उहाँले सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पु¥याउने बताउनुभयो । 

मन्त्री ढकालले आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । उहाँले कोभिड–१९ को परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यसअघि सरकारले पूर्वमा विराटनगर र पश्चिम नेपालगञ्जबाट कोभिड–१९ को नमुना परीक्षण संकलन गरी दिनको एकपटक हवाईजहाजबाट र तीन–चार घण्टा दुरी टाढा रहेका ठाउँबाट नमुना संकलन गरेर एम्बुलेन्सको माध्यमबाट काठमाडौँ ल्याउने गरिएको थियो । 

उहाँले कतिपय व्यक्तिले लकडाउनले विगतको हडतालजस्तै मानेर निश्चित समय ५ बजेपछि खुल्छ भन्ने भ्रममा नपर्न सबैलाई अनुरोध समेत गर्नुभयो । “यो रोग कुनै समयसिमाभित्र नआउने भन्ने निक्र्योल छैन । हामी सबै समयमा सावधान रहनुपर्छ”, उहाँले भन्नुभयो, “खाद्य पदार्थ, औषधीजन्य पदार्थ किन्नका लागि थप व्यवस्थित कसरी बनाउने भन्नेमा हामी विचार गर्दैछौँ । सङ्कट थपिँदै जाँदा, अभाव बढ्दै जाने भएकाले राज्यले त्यसको उपयुक्त निकास दिने  ।” 

दैनिक उपयोग्य वस्तु सिमित ठाउँमा पु¥याउन राति २ देखि ५ बजेसम्म समय तोक्ने हो भने भीडभाडबाट बच्न सकिने उहाँको भनाइ थियो । औषधी र उपकरण अभाव रहेका ठाउँमा सरकारसँग उपलब्ध गरेको सामग्री पठाउने तयारी गरेको उहाँको भनाइ छ । “सिमित साधन हामीसँग अहिले पनि सुरक्षित रहेको छ । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका सामग्री हामीले आफैँँले पनि उत्पादन गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “अब सामग्रीको अभाव नहुने भएकोले आवश्यकता अनुसार अस्पतालमा पठाउँछौँ ।”

कोरोना भाइरसको परीक्षण गर्ने र निक्र्योल गर्नेसम्मको काम टेकु अस्पतालले गर्ने गरी माध्यम अस्पलालको रुपमा राखी त्यहाँबाट पाटन अस्पतालमा बिरामी पठाइने व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो । महामारीको युद्धमा सरकार रहेको बताउँदै मन्त्री ढकालको संयोजकत्वमा अनुगमन समिति र सचिवको नेतृत्वमा रहेको कार्यनिर्देशित समिति गठन गरिएको जानकारी दिनुभयो ।

मन्त्री ढकालले आज पुनः गत चैत ६ गते कतारबाट नेपाल आएका धादिङ निवासी ३२ वर्षीया एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति कतारबाट नेपालाई आई होटेलमा बसेको र मङ्गलबार टेकु अस्पतलामा भर्ना भई परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । उहाँले विरामीसँग बसेका र सँगै आएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखेर परीक्षण गराउन आफूहरु जुटेको बताउनुभयो ।