काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ यातायात साधनलई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसार नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरी अनावश्यक रूपमा सडकमा हिँडनेलाई नियन्त्रणमा लिइएको हो ।
लकडाउन उल्लङ्घन गरेर हिँड्ने १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार घर बाहिर सडकमा निस्कनेलाई प्रहरीले तीन मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ ।
अनुगमन र निगरानी गर्न जनप्रतिनिधीलाई खुलालको आग्रह
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उहाँले आग्रह गर्नुभएको हो ।
कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि वडाध्यक्ष, सदस्यलगायत टोल विकास संस्थालाई आ–आफ्नो स्थानीय तहका वडाका घर÷घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलालले अग्रह गर्नुभएको उहाँको प्रेस संयोजक विवश अधिकारीले जानकारी दिनुभयो ।
हेटौँडा बजार सुनसान
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो दिन पनि सुनसान भएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । किनमेलका लागि खासगरी साँझ बिहानपख पसल खुल्ने र ग्राहकको भीड लागेको देखिन्छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षका लागि खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेतसमेत गराइएको छ । उता कोरोना भाइरसको प्रकोपबाट सचेत रहन स्थानीय प्रशासन र हेटौँडा उपमाहानगरपालिकाले माइकिङ गरेका छन् ।
साथै स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष तथा अस्पतालमा उपचारका लागि व्यवस्था गरेको छ । त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द छन् । अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ चैत्र २०७६, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै