काठमाडौँ । विश्वव्यापी रुपमै महामारीको फैलिदैं गएको कोरोना भाइरसको संक्रमण छिमेकी मुलुक भारतमा पनि तिब्र गतिमा फैलिदै गएको छ । भारतिय संचार माध्यमका अनुसार अहिले सम्म १० जनाको यसको संक्रमणबाट मृत्यु भईसकेको छ भने ५ सय भन्दा बढी संक्रमित बनेका छन् ।
कोरोनाको संक्रमण तिब्र भएसंगै यसको रोकथामको लागि भारतले पनि कडा कडा कदम चालेको छ । विभिन्न प्रदेशहरुमा लकडाउन गरेको छ भने राजधानी दिल्लीमा ५ जना भन्दा बढी भेला हुनम रोक लगाएको छ । भारत भरिमा यसको संक्रमण सबैभन्दा बढी महाराष्ट्रमा देखिएको छ ।
यसको संक्रमण रोक्न भारत सरकारले रेल, बससेवा, बजार सबै बन्द गरी लकडाउनको निर्देशन दिए पनि पछिल्लो समय अवहेलना हुने क्रम बढेको छ । महाराष्ट्र पछि केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा ९७ र केरलामा ९५ जना संक्रमित छन्। नेपालसँग सीमा जोडिएका पश्चिम बंगालमा ७, बिहारमा २, उत्तर प्रदेशमा ३३ र उत्तराखण्डमा ५ संक्रमित भेटिएका छन्।
नेपालसंग जोडिएको सिमाना बिहार, उत्तर प्रदेश लगायतका स्थानमा पनि संक्रमित बिरामी देखिएपछि यसको संक्रमणको खतरा नेपाल तर्फ पनि फैलिने हो कि भन्ने आशंका उब्जिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०७६, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?