काठमाडौँ । विश्वव्यापी रुपमै महामारीको फैलिदैं गएको कोरोना भाइरसको संक्रमण छिमेकी मुलुक भारतमा पनि तिब्र गतिमा फैलिदै गएको छ । भारतिय संचार माध्यमका अनुसार अहिले सम्म १० जनाको यसको संक्रमणबाट मृत्यु भईसकेको छ भने ५ सय भन्दा बढी संक्रमित बनेका छन् ।
कोरोनाको संक्रमण तिब्र भएसंगै यसको रोकथामको लागि भारतले पनि कडा कडा कदम चालेको छ । विभिन्न प्रदेशहरुमा लकडाउन गरेको छ भने राजधानी दिल्लीमा ५ जना भन्दा बढी भेला हुनम रोक लगाएको छ । भारत भरिमा यसको संक्रमण सबैभन्दा बढी महाराष्ट्रमा देखिएको छ ।
यसको संक्रमण रोक्न भारत सरकारले रेल, बससेवा, बजार सबै बन्द गरी लकडाउनको निर्देशन दिए पनि पछिल्लो समय अवहेलना हुने क्रम बढेको छ । महाराष्ट्र पछि केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा ९७ र केरलामा ९५ जना संक्रमित छन्। नेपालसँग सीमा जोडिएका पश्चिम बंगालमा ७, बिहारमा २, उत्तर प्रदेशमा ३३ र उत्तराखण्डमा ५ संक्रमित भेटिएका छन्।
नेपालसंग जोडिएको सिमाना बिहार, उत्तर प्रदेश लगायतका स्थानमा पनि संक्रमित बिरामी देखिएपछि यसको संक्रमणको खतरा नेपाल तर्फ पनि फैलिने हो कि भन्ने आशंका उब्जिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०७६, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’