काठमाडौं । सर्लाहीमा आज भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० स्थित ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ५६४५ नंको ट्रकले स्थानीय ५० वर्षीय ज्ञानप्रसाद खनालाई ठक्कर दिँदा मृत्यु प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खनाललाई हरिवनको नमूना अस्पतालमा लगिँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सर्लाही कविलासी नगरपालिका–३ हतसरी चौकस्थित ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । ना४त ४८७ नंको ट्र्याक्टरले बिआर३०एक्स २९९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा बरहथवा नगरपालिका–७ बस्ने २० वर्षीय मोटरसाइकल चालक गोविन्द पासमानको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पछाडि सवार २२ वर्षीय नरेश पासमान घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैबीच करेन्ट लागेर सर्लाहीको बसबरिया गाउँपालिका–३ कोठियारमा एक वृद्ध महिलाको ज्यान गएको छ । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा प्रकाश पटेलकी ६० वर्षीया श्रीमती राजकली देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ चैत्र २०७६, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु