काठमाडौँ । कोरोना भाइरस को प्रकोप हुन नदिन नेपालका बैङ्कहरूले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्ड तथा विद्युतीय कारोबारका लागि अग्राह गरेका हुन् । उनीहरूले अत्यावश्यक अवस्थामा बाहेक बैङ्कका शाखाहरूमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बैङ्कहरूमा हुने भीडभाड कम गर्नका लागि बैङ्कहरूले इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा शुल्क नलाग्ने बताएका छन् । त्यस्तै कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने पनि बैङ्कर्स सङ्घको विज्ञप्तिमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०८ चैत्र २०७६, ०७ : ४१
लेखकबाट थप