संखुवासभा । खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ ।
शुक्रबार संखुवासभाको खाँदबारीस्थित पसलमा पस्नुअघि हात धुँदै युवती । पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न आउनेले पहिले हात राम्ररी नधोएसम्म पैसा लिन्नँ, सामान पनि दिन्नँ,’ उनले भने ।
सबै व्यापारीले पसलछेउमा साबुन पानीको व्यवस्था गर्ने हो भने ग्राहक र व्यापारी दुवै कोभिड–१९ को जोखिमबाट सुरक्षित हुने उनले बताए । ‘ग्राहकले हात धुँदा ढुक्क भइँदोरहेछ, आत्मबल बढ्छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०८ चैत्र २०७६, ०७ : १८
लेखकबाट थप