कोरानाको संक्रमण रोक्न नेपाललाई १४ अर्ब डलर सहयोग

विहीबार, ०६ चैत्र २०७६, ०८ : १८
कोरानाको संक्रमण रोक्न नेपाललाई १४ अर्ब डलर सहयोग

काठमाडौँ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को पहिचान र निरोधका लागि विश्व बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले थप १४ अर्ब डलर सहायता बढाएको छ ।

यो सहायताले राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार, निदान र निजी क्षेत्रलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । आईएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये कोभिड–१९ सम्बन्धी सहयोग यसअघिको छ अर्ब डलरबाट वृद्धि गरी आठ अर्ब डलर पु¥याउनेछ ।

आईएफसीको सहयोग कोभिड–१९ को तीव्र विस्तारका कारण आर्थिक गिरावटको मारमा परेका निजी कम्पनी र त्यसका कर्मचारीका लागि हो । आईएफसीले उपलब्ध गराउने वित्तीय सुविधाको ठूलो हिस्सा यसका ग्राहक बैङ्किङ संस्थामार्फत परिचालन हुनेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।