काभ्रेपलाञ्चोकको पनौतीमा अनिश्चितकालका लागि कर्फ्यू

मंगलबार, ०४ चैत्र २०७६, १० : ११
काभ्रेपलाञ्चोकको पनौतीमा अनिश्चितकालका लागि कर्फ्यू

सांकेतिक तस्बिर ।

काठमाडौँ । टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेपलाञ्चोकको पनौतीमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ । बिहान ९ बजेदेखि पनौती बसपार्क आसपासको क्षेत्रमा  लागु हुने गरी कर्फ्यू आदेश जारी भएको हो ।

पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । सोमबार राति भएको उक्त झडपमा प्रहरी र स्थानीय बासिन्दा घाइते भएका छन् । स्थिति सामान्य नभईसकेको आँकलन गर्दै अनिश्चितकालका लागि कर्फ्यू लगाईएइको हो । 

सोमबार बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो । घटनापछि स्थानीय बासिन्दाले प्रहरी बिटमा आगो लगाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस