काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा हुनुहुन्छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ चैत्र २०७६, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु