ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने मन्त्री लेखराज भट्टको चेतावनी

सोमबार, ०३ चैत्र २०७६, १६ : ४६
ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने मन्त्री लेखराज भट्टको  चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले व्यवसायीहरुले ग्यास सहज नबनाए सेना र प्रहरीसम्म लगाउने चेतावती दिएका छन् । सरकारलाई ग्यास वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने उनले चेतावनी दिए । 

सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यस्तो चेतावनी दिएका हुन् ।

व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै मन्त्री भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने बताए।

‘मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ’ मन्त्री भट्टले चेतावन दिए । 

बैठकमा ग्यास उद्योगीहरुले आपूर्ति र बजारको अवस्था पुरानै भएको तर उपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस