कोरोना महामारीमा चीनबाट विश्वले सिक्न सक्ने यी पाठहरु

आइतबार, ०२ चैत्र २०७६, १७ : २०
कोरोना महामारीमा चीनबाट विश्वले सिक्न सक्ने यी पाठहरु

– चीनको जेज्याङ प्रान्तको राजधानी ह्याङजुले कोभिड–१९ का विरुद्ध तुरुन्तै प्रक्रिया देखायो, जबकि त्यहाँ संक्रमण देखापरेकै थिएन ।


– उक्त शहरले कोरोनाभाइरसलाई खोज्न र फैलिनबाट रोक्नका लागि तथ्यांकहरु र क्यूआर कोड, जस्ता सूचना प्रविधिको प्रयोग गरयो ।


– सावधानीपूर्वक तयार गरिएका योजनाहरु र प्रष्ट सूचनाको सम्प्रेषणले ऊहानको तुलनामा कोभिड–१९ को असरलाई कम गर्यो ।


– अहिले कोभिड–१९ को संक्रमण संसारभरि महामारीको रुपमा फैलिइदै जाँदा चीनले अपनाएका तरिकाहरु त्यसका विरुद्ध संघर्षरत मुलुकहरुका लागि सिक्न सकिने कुरा हुन सक्छ ।


– चीनको जेज्याङ प्रान्तको राजधानी ह्याङजु कोभिड–१९ को उद्गमस्थल ऊहानदेखि १ हजार माइलभन्दा पर अवस्थित छ । तर कोरोनाको महामारी फैलिन शुरु हुनेबित्तिकै उसले नियन्त्रण र रोकथामका थुप्रै उपायहरु लागू गर्यो ।

उसले लागू गरेका महत्वपूर्ण ६ वटा कुराहरु यसअनुसार छन् स्

१. तीब्रता र सटिकता : रोग चिन्न र थाहा पाउनको लागि मुख्य कडी

यो अज्ञात भाइरस देखापरेको हप्तादिनभित्रै चीनले सफलतापूर्वक सिक्वेन्स पत्ता लगाएर त्यसको जेनेटिक जानकारीहरु विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई दियो ।

सन् २००३ मा सार्सको बारेमा त्यही कुरा थाहा पाउन महिना दिन लागेको थियो भने १९८० को दशकमा एचआईभीको बारेमा त केही वर्ष नै लागेको थियो ।

यो अज्ञात भाइरस देखापरेको हप्तादिनभित्रै चीनले सफलतापूर्वक सिक्वेन्स पत्ता लगाएर त्यसको जेनेटिक जानकारीहरु विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०लाई दियो । सन् २००३ मा सार्सको बारेमा त्यही कुरा थाहा पाउन महिना दिन लागेको थियो भने १९८० को दशकमा एचआईभीको बारेमा त केही वर्ष नै लागेको थियो ।

भाइरसको विरुद्ध खोप तथा औषधीय उपचारहरु विकास गर्नको लागि त्यसको जेनेटिक सिक्वेन्स पत्ता लगाउनु अत्यन्तै जरुरी हुन्छ । कोभिड– १९ को पहिचान अति तीब्र रुपमा भएको कारण संसारभरिका वैज्ञानिकहरुलाई यसका बारेमा परीक्षण गर्ने किटहरु, उपचारका विकल्पहरु र खोप समेतको विकासको थालनी गर्न बाटो खोलिदियो ।

यो प्रमुख महामारीलाई नियन्त्रण गर्नका लागि एउटा प्रमुख उपाय नै विशिष्ट, भरपर्दो, सटीक र चाँडो चिन्ने तरिका रह्यो जसले संक्रमित भएका र नभएका मानिसहरुलाई छुट्याउन सकियो । ऊहानमा भाइरसको संक्रमण देखिएका प्रारम्भिक दिनहरुमा, संक्रमण जाँच्ने किटहरु नै उपलब्ध थिएन, र संक्रमण भए नभएको पत्ता लगाउने उपाय प्रयोगशालामा गरिने न्यूक्लेइक एसिड सिक्वेन्सिङ एनालाइसिसमा निर्भर थियो र त्यो अत्यन्तै खर्चिलो र धेरै जनशक्ति लाग्ने खालको तरिका थियो । चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले तत्कालै बायोटेक कम्पनीहरुमा रोग पहिचान किटको विकास गराउनेतर्फ कामलाई तीब्र बनायो । त्यसअनुसार संक्रमण पहिचान गर्ने पहिलो किट १३ जनवरीमै बनाइयो र त्यसको दुई हप्ताभित्रैमा पर्याप्त मात्रामा त्यो उपलब्ध गराइए ।

२. सही समयमा,सही ठाउँमा सही मानिसहरुका लागि सही निर्णय लिइनु

चीनको अनुभवले महामारीका घटनाहरु विज्ञान र जनस्वास्थ्य विज्ञहरुको सल्लाहलाई सुन्नु पर्ने कुरालाई पुनः स्थापित गरिदियो । र, साथसाथै त्यस घटनामा कुनै प्रतिक्रिया नै नदिनुभन्दा बरु अलि बढी नै प्रतिक्रिया दिनु राम्रो हुने पनि देखायो ।

चीनको अनुभवले महामारीका घटनाहरु विज्ञान र जनस्वास्थ्य विज्ञहरुको सल्लाहलाई सुन्नु पर्ने कुरालाई पुनः स्थापित गरिदियो । र, साथसाथै त्यस घटनामा कुनै प्रतिक्रिया नै नदिनुभन्दा बरु अलि बढी नै प्रतिक्रिया दिनु राम्रो हुने पनि देखायो ।

सरकारी अधिकारीहरु र स्वास्थ्य विज्ञहरुसँग सहकार्यमा आधारत चीनको अद्वितीय प्रणालीगत र आक्रामक खतराको सामना गर्ने प्रणाली कोभिड–१९ लाई नियन्त्रण गर्ने र आफ्नो पकडमा राख्ने काममा अत्यन्तै प्रभावकारी साबित भयो । रोगसँग सम्बन्धित क्लिनिकल डाटाहरु सार्वजनिक गरिनु र विश्व स्वास्थ्य संगठनलाई प्रदान गरिनुले संसारभरिका थुप्रैलाई यस संक्रमणको विस्तारका बारेमा तयारी रहन सहयोग गर्यो । उदाहरणका लागि, चीनको ४० हजारभन्दा बढी केसहरुको अध्ययनबाट हामीले थाहा पायौं कि कोभिड–१९ को संक्रमणमा परेका ८० प्रतिशतभन्दा बढीलाई त चिकित्सीय उपचारको आवश्यकता ने पर्दैन, जबकि २० प्रतिशतलाई भने चिकित्सीय उपचार र हेरचाहको जरुरत पर्दछ ।

कोभिड–१९ को संक्रमणको शुरुवाती दिनहरुमै, यति उच्च तहमा जोखिम व्यवस्थापन गर्ने गरी कारवाही थाल्नेमा जेज्याङ प्रान्त नै पहिले थियो जबकि त्यतिखेर त्यहाँ संक्रमणका कुनै केसहरु प्रमाणित नै भएका थिएनन् ।

कोभिड–१९ लाई फैलिन नदिनको लागि ह्याङजुले गरेका नियन्त्रणका कामहरुबाट सिकिएका पाठहरु यस प्रकार छन् स्

लकडाउन गर्नुको कारण र प्रभावका बारेमा प्रष्ट नीति निर्देशनहरु उपलब्ध गराउनु ।
त्यो लागू भए नभएको कुराको व्यक्तिगत तहमा, अपार्टमेन्टहरुमा, घरहरुमा, समुदायमा, संस्थाहरुमा, सार्वजनिक निकायहरुमा र शहर व्यवस्थापनहरुमा निगरानी र खोज गरिनु ।
अत्यावश्यक चीजहरु जस्तै खानेकुरा र आपूर्तिहरुको प्रवाहलाई सरकार नियन्त्रित बन्दोबस्तमा व्यस्थित ढंगले गरिनु ।
संक्रमितहरुलाई आइसोलेसनमा राख्न, निगरानी गर्न र उपचार गर्नका लागि उपचार तथा व्यवस्थापनका लागि संक्रमण उपचार गरिने स्थानहरु तयार पारिनु ।
विद्युतीय रेकर्ड तथा निगरानी राखिने प्रणालीको विकास गरिनु र संक्रमण देखिएका केसहरुलाई व्यवस्थापन गर्नका लागि स्थानीय मानिसहरुको टोली प्रतिहप्ता २४ सै घण्टा खटाइनु ।
नागरिकहरुलाई हरदम सुसूचित राख्नका लािग केन्द्रीकृत रिपोर्टिङ गर्ने तथा सूचना प्रदान गर्ने माध्यमहरु स्थापित गरिनु ।

३ महामारीफर्केर आउने सम्भावनालाई पन्छाउनको लागि पर्याप्त डाटा तथा सूचना प्रविधि महत्वपूर्ण

विश्वप्रसिद्ध अनलाइन कम्पनी अलिबाबाको हेडक्वार्टर समेत रहेको ह्याङजु त्यस्ता पहिला शहरहरुमध्येका एक हुन् जसले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नको लागि पर्याप्त डाटा र सूचना प्रविधिको प्रयोग गर्यो । तिनीहरुले यो तरिकालाई ‘एक नक्सा, एक क्यूआर कोड र एक सूचाङ्क “यलभ mबउ, यलभ त्तच् अयमभ, बलम यलभ ष्लमभह।”  भनी नाम दिएका थिए ।

अहिले कामदारहरुका लागि छानिएका उद्योगधन्दा तथा संस्थाहरु खोल्नका लागि अनुमति दिइएको दुई हप्ता भइसकेको छ । उनीहरुले लागू गरेका नीति यस अनुसार छन् स्

प्राथमिकताका आधारमा विभिन्न चरणमा व्यवसायहरु खुलेका छन् । उदाहरणका लागि, सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उद्योगधन्दाहरुलाई खोल्न अनुमति दिइयो । ट्याक रेकर्डका आधारमा प्रतिबन्ध वा नियन्त्रणहरु खुकुलो पारिए ।
शहरमा रहेका तथा शहरमा आउने सबैको तथ्यांक रहने गरीस्वास्थ्य क्यूआरकोड बनाइए । त्यसमा पनि हरियो कोड पाएकाहरुलाई स्वतन्त्रतापूर्वक आवतजावत गर्न अनुमति दिइयो । पहेलो कोड पाएकाहरुले सात दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने भयो । त्यसैगरी, रातो कोड पाएकाहरुले १४ दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने गराइयो । क्वारेन्टाइन समयावधि पूरा गरेपछि रातो वा पहेलो कोडलाई हरियो कोडमा बदलिने व्यवस्था गरियो । जेज्याङ प्रान्तका प्राय सबै सहरहरुमा स्वास्थ्य निगरानी प्रणालीलाई लागू गरियो र अरु प्रान्तहरुमा पनि त्यो प्रणाली लागू गरिने भइयो ।
प्रत्येक व्यक्तिले आफ्नो स्वास्थय स्थितिलाई नियन्त्रित राख्नको लागि आफूलाई स्वनिगरानी गर्ने, तापक्रम लिने र आफ्ना प्रोफाइल अपडेट गर्नैपर्ने व्यवस्था गरियो ।
ती सबै स्वास्थ्य तथ्यांकहरु ह्याङजुको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले नजिकैबाट निगरानी गर्ने गरियो ।
शहरमा रहेका तथा शहरमा आउने सबैको तथ्यांक रहने गरीस्वास्थ्य क्यूआरकोड बनाइए । त्यसमा पनि हरियो कोड पाएकाहरुलाई स्वतन्त्रतापूर्वक आवतजावत गर्न अनुमति दिइयो । पहेलो कोड पाएकाहरुले सात दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने भयो । त्यसैगरी, रातो कोड पाएकाहरुले १४ दिनसम्म स्व–क्वारेन्टाइनमा बस्नुपर्ने गराइयो । क्वारेन्टाइन समयावधि पूरा गरेपछि रातो वा पहेलो कोडलाई हरियो कोडमा बदलिने व्यवस्था गरियो । जेज्याङ प्रान्तका प्राय सबै सहरहरुमा स्वास्थ्य निगरानी प्रणालीलाई लागू गरियो र अरु प्रान्तहरुमा पनि त्यो प्रणाली लागू गरिने भइयो ।

कम्तिमा पनि ह्याङजुमा यी नयाँ प्रविधिहरु अत्यन्त प्रभावकारी सावित भएका छन् । जबकि शहरमा कोभिड–१९ लाई फकाएर ल्याउन सक्ने यात्रीहरुको प्रभावकारी ढंगले पहिचान गर्नु चुनौतीपूर्ण कार्य हो, तर सुसमाचार के रह्यो भने कमितमा ह्याङजुमा कोभिड–१९ को दोस्रो लहर  देखापरेन ।

४ स्वास्थ्य सामग्रीहरु तथा जवाफी प्रणालीको मूल्यांकन

के हामी महामारीका लागि तयार छौंरुहामीलाई कति सञ्चय चाहिन्छरुहामीसँग पर्याप्त स्वास्थ्यकर्मीहर छन् र हामी तिनीहरुलाई कसरी सुरक्षित गर्न सक्छौंरु

कोभिड–१९ विरुद्धको लडाइँमा चिनियाँ जनताहरु सहासी र एकताबद्ध रहे । ऊहानमा उच्च मृत्युदर रहनुको एउटा प्रमुख कारण तत्कालै आवश्यकता पर्दा स्वास्थ्य सामग्रीहरु उपलब्ध नहुनु पनि मुख्य कारण रह्यो । ऊहानको प्रकोप नियन्त्रण व्यवस्थापनसम्बन्धी प्रणालीको अभावले रोग नियन्त्रणमा आवश्यक प्रणाली कमजोर भयो, फलतः अस्पतालहरुमा विरामीहरु स्वास्थ्यकर्मीहरुबीचम संक्रमण व्यापक सर्यो र हप्तौंको संकट अस्तव्यव्यस्तता छायो ।

त्यसको ठीक उल्टो आक्रामक रुपमा मडारिइरहेको महामारीलाई प्रभावकारी नतिजा दिने गरी व्यवस्थापन एवं निगरानी गर्न तथा स्रोत साधनहरुलाई तत्कालै परिचालन गर्न र पुर्याउनका लागि जेज्याङका सरकारी निकायहरु पूर्ण रुपमा तयार थिए । ह्याङजुमा २०४ जना जनस्वास्थ्य विज्ञहरु यो महामारीका केसहरु, तिनका सम्पर्कमा आएकाहरुको छानबिन गरिरहेका थिए ताकि तिनीहरु निगरानीमा रहन सकुन् । त्यसका साथसाथै ह्याङजुमा नै चिकित्सकहरुले कोभिड–१९ का विरामीमा दुई पटक फोक्सोका ट्रान्सप्लान्ट अपरेशन समेत गरे । यो विश्वमा नै यस किसिमको पहिलो सर्जरी थियो ।

ऊहानमा कोरोनाभाइरसको संक्रमण फैलिएको पहिलो हप्ताहरुमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु पनि त्यो संक्रमणको शिकार हुनुको मुख्य पक्षहरुमा सुरक्षात्मक स्वास्थ्य सामग्रीहरुका अभाव र कोभिड–१९ का बारेमा पर्याप्त जानकारी नहुनु पनि एक थियो ।

ऊहानमा कोरोनाभाइरसको संक्रमण फैलिएको पहिलो हप्ताहरुमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु पनि त्यो संक्रमणको शिकार हुनुको मुख्य पक्षहरुमा सुरक्षात्मक स्वास्थ्य सामग्रीहरुका अभाव र कोभिड–१९ का बारेमा पर्याप्त जानकारी नहुनु पनि एक थियो । तर ६–८ हप्ताभित्रैमा, यो भाइरसको संक्रमणका विरुद्ध लड्नका लागि ४२ हजारभन्दा बढी चिकित्सक तथा नर्सहरु रहेका ३१ वटा मेडिकल टीमहरु ऊहानमा खटाइए । त्यसमा जेज्याङ प्रान्तले १९८५ जना स्वास्थ्यकर्मी पठाउका थिए र तीमध्ये आजको मितिसम्मा कोही पनि संक्रमित छैनन् । यही संक्रमणसँग लड्नका लागि भनेर प्रत्येकमा १००० वटा शैय्या भएका दुई वटा नयाँ अस्पतालहरु १० दिनभन्दा कम समयमा ऊहानमा खडा गरिए ।

५ समुदाय,स्कुल,व्यवसाय,सरकारी कार्यालयहरु र घरमा प्रतिरक्षात्मक तरिकाहरु लागू गर्दा यो महामारीको उफानलाई प्रभावित गर्न सकिन्छ

कोभिड–१९ विरुद्धको लडाइमा सबैजना समान हुन् । सबैजनाको समान उत्तरदायित्व रहन्छ र उनीहरुले भोग्नुपर्ने खतरा पनि समान रहन्छ । कोभिड–१९ अत्यन्तै सरुवा खालको र लक्षण्बिना नै फैलिन सक्ने रोग हो, अतः यसका विरुद्ध समाजका सबैजनालाई परिचालित गर्नु र यो प्रक्रियामा सबैलाई सहभागी गराउनु अझ बढी महत्वपूर्ण हुन्छ । १ करोड जनसख्या रहेको शहर ह्याङजुमासफलतापूर्वक लागू गरिएका प्रतिरक्षा र नियन्त्रणका उपायहरु संसारका अन्य भागहरुले अनुकरण गर्नुपर्ने खालको एउटा नमुना बनेको छ । फेरि पनि यो सफलताको कुँजी भनेकै सबैजनालाई जिम्मेवार बनाउनु, सबै युनिटहरुलाई सहभागी गराउनु र सबै सकारी निकायहरुलार्य जवाफदेही बनाउनु नै हो । हामीले पनि हामी कसरी बाँचिरहेका तरिकालाई परिवर्तन गर्नु र नयाँ चुनौतीहरुप्रति जवाफदेही बन्नैपर्छ ।

१ करोड जनसख्या रहेको शहर ह्याङजुमासफलतापूर्वक लागू गरिएका प्रतिरक्षा र नियन्त्रणका उपायहरु संसारका अन्य भागहरुले अनुकरण गर्नुपर्ने खालको एउटा नमुना बनेको छ । फेरि पनि यो सफलताको कुँजी भनेकै सबैजनालाई जिम्मेवार बनाउनु, सबै युनिटहरुलाई सहभागी गराउनु र सबै सकारी निकायहरुलार्य जवाफदेही बनाउनु नै हो । हामीले पनि हामी कसरी बाँचिरहेका तरिकालाई परिवर्तन गर्नु र नयाँ चुनौतीहरुप्रति जवाफदेही बन्नैपर्छ ।

सावधानीपूर्वक गरिएका योजनाहर र प्रष्ट निर्देशनहरु उपयोगी हुन्छन् । ह्याङजुले चरणबद्ध रुपमा कर्मचारीहरुलाई पुनः काममा जान दिएको छ । थुप्रै उद्योगधन्दा, संस्थाहर, स्कुलहर र विश्वविद्यालयहरुले कम्प्युटरमा आधारित जुम मिटिङ जस्ता अनलाइन सिकाइका प्रविधिहरु लागू गरिरहेका छन्, जुन त्यसका अरु विकासका लागि एउटा नमूनाहरु नै बन्न सक्छ । 

महामारीको बेलामा, ठूला भेलाहरु नगर्न तथा थुप्रै मान्छे–मान्छेबीचको सम्पर्क भेटघाटलाई पन्छाउने सल्लाह दिनु उचित हुन्छ । सबै उद्योगधन्दाहरलाई रोकेर चीनले करोडौं डलर गुमाएको पनि होला तर अन्ततः त्यो नै सबैभन्दा बुद्धिमत्तापूर्ण र सही कदम साबित भइरहने छ ।

६ जनतालाई पूर्ण सुसूचित राखिनु

चीनले आम जनतालाई लगातार सही ढंगले सुसूचित गरिरह्यो । उदाहरणका लागि, ह्याङजुमा प्रमुख न्यूज आउटलेडहरुले दैनिक रुपमा कोभिड–१९ को संक्रमण र स्वास्थ्योपचारका नतिजा, लागू गर्न लागिएका योजना, नीतिनिर्णयहरु र पालना गर्नुपर्ने तौरतरिकाहरुबारे जानकारी प्रवाह गरिरह्यो ।

हामीले कोभिड–१९ का बारेमा र त्यसलाई फैलिनबाट कसरी रोक्ने भन्ने जानकारी सहित विद्यार्थी एवं आम मानिसहरुले सजिलै बुझने गरी शैक्षिक सामग्रीहरु तयार गर्यौं ।  हामीले टेलिभिजनहरुमा बोल्यौं र अनलाइन पेपरहरुमा लेख्यौं । हाम्रो विश्वास छः जनतालाई तथ्यपूर्ण र वैज्ञानिक जानकारीहरु दिनु र रोगका विरुद्ध लड्नका लागि नेतृत्व गर्नु सबै जनस्वास्थ्य विज्ञहरुको दायित्व हो ।

कोभिड–१९ को संक्रमण देखापरेको शुरुवातकालदेखि ने जेज्याङ युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थ पूरै सक्रिय रह्यो । हामीले कोभिड–१९ का बारेमा र त्यसलाई फैलिनबाट कसरी रोक्ने भन्ने जानकारी सहित विद्यार्थी एवं आम मानिसहरुले सजिलै बुझने गरी शैक्षिक सामग्रीहरु तयार गर्यौं ।  हामीले टेलिभिजनहरुमा बोल्यौं र अनलाइन पेपरहरुमा लेख्यौं । हाम्रो विश्वास छः जनतालाई तथ्यपूर्ण र वैज्ञानिक जानकारीहरु दिनु र रोगका विरुद्ध लड्नका लागि नेतृत्व गर्नु सबै जनस्वास्थ्य विज्ञहरुको दायित्व हो ।

अगाडिको बाटो

चीनले आफ्नो अर्थतन्त्रलाई पुनः शुरु गरेको छ, स्कुलरहरु खोलेको छ र सामन्यीकरणतिर फर्कंदैछ । विश्व स्वास्थ्य संगठन र चीनको संयुक्त मिसनले निचोड निकालेअनुसार, कथंकदाचित नयाँ कोभिड–१९ का केसहरु देखिएको खण्डमा तुरुन्तै क्रियाशील हुने गरी विनाशंका तम्तयार रहेर विज्ञानमा आधारित, जोखिम–सूचित, चरणबद्ध तरिकाहरु अपनाइएका छन् । र, यसबीचमा नियन्त्रणका तौरतारिकाहरुलाई हटाइएका छन् ।

विश्व समुदायले राष्ट्रिय वा स्थानीय स्तरमा चीनबाट सिक्न सक्ने यी पाठहरु हुन् । यो विश्वव्यापी स्वास्थ्य जोखिमले हामीलाई संक्रामक रोगहरुको महामारीलाई नियन्त्रण र रोकथाम गर्नका लागि तयार अवस्थामा रहनुपर्ने कुराको महत्वबोध सिकाएको छ । साथसाथै यसले हामलिाई रोग नियन्त्रण र रोकथामलाई चीन र विश्वभरिमा कसरी आधुनिकीकरण गर्ने भन्नेतर्फ सोच्न पनि मद्दत गर्न सक्छ ।

वर्ल्ड इकोनोमिक फोरममा प्रकाशित लेखको नेपाली अनुवाद