एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन् । ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न रुससँगको सम्झौतामा चीनको सहयोग लिन चाहेको बताएका हुन् ।
ट्रम्पले भने, “म युक्रेन शान्ति प्रक्रियाको मामिलामा चीनले हामीलाई सहयोग गरोस् भन्ने चाहन्छु ।” एसिया भ्रमणमा निस्किएका ट्रम्पले एयर फोर्स वान विमानमा पत्रकारसँग यस्तो बताएका हुन् ।
यो भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो । र, युक्रेन युद्धका विषयमा पश्चिमा देशले लगाएको प्रतिबन्धपछि पनि चीन रुसका निम्ति महत्त्वपूर्ण सहारा बनेको छ ।
युक्रेनको राजधानी किभका निम्ति गएको साता कठिन रहेको समयमा ट्रम्पले यस्तो बताएका हुन् । त्यति बेला रुसले युक्रेनका विभिन्न ऊर्जा संरचनामा आक्रमण गरेको थियो ।
यसबीचमा अमेरिकाले युक्रेनलाई टमहक क्रुज मिसाइल दिन अस्वीकार गरेको थियो । जबकि, युरोपेली संघका नेताले रुसको रोक्का सम्पत्तिबाट युक्रेनको रक्षाका निम्ति कोष जारी गरेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट