काठमाडौँ । ५ वर्षपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ ।
सोमबार भारतको कोलकाताबाट करिब १८० यात्रु लिएर इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई-१७०३ सोमबार चीनको ग्वाङ्जाउ अवतरण भएका हुन् ।
यससँगै करिब पाँच वर्षपछि भारत र चीनबीच प्रत्यक्ष हवाई उडान पुनः सञ्चालनमा आएको हो।
कोभिड महामारीको समयमा सन् २०२० को सुरुवातमै दुवै देशबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो।
अहिले दुवै देशबीचको सम्बन्ध क्रमशः सुधारिँदै गएको बताइएको छ । गत वर्ष दुवै पक्षले सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
यस वर्ष अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा गएका थिए र सोही महिनामा चीनका विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?