काठमाडौं । एक साता अगाडी मात्रै नेपालका प्रधानमन्त्रीलाई भब्य स्वागत गरिरहँदा सम्म उत्तरको छिमेकी मुलुक चीनलाई नेपालमा नयाँ परिवर्तनको कुनै छनक थिएन । हुन त नेपालका राजनीतिक दल, सरकार कसैलाई पनि भदौं २३ र २४ मा दुई दिनको छोटो आन्दोलनले सरकार परिवर्तन गर्ने, नेपालका राष्ट्रिय श्रीसम्पत्ति सखाप हुने गरी आगजानी, तोडफोड र लुटपाट हुने र पूराना राजनीतिक दलका नेताहरु विस्थापित हुने कसैले सोचेका थिएनन ।
तर दुई दिनको आन्दोलनले नेपालमा नयाँ सरकार दिएको छ । राजनीतिक दलका शीर्ष नेताहरु एकप्रकारले विस्थापित छन । देशमा अव के हुन्छ भन्ने अन्यौलताको स्थिती छ । यस्तो बेला दक्षिणको छिमेकी भारत, यरोपियन युनियनहरु र पश्चिमा अमेरिकासम्मले नजिकबाट घटनाक्रमलाई नियाल्ने र विश्लेषण गर्ने काम गरिरहेका देखिन्छन् ।
यही मेसोमा भदौं २३ र २४ को घटनाबारे एकप्रकारले अन्यौलमा देखिएको चीनले पनि लगत्तै आफनो चासो र भूमिका देखाउन थालेको छ । खासगरी नयाँ बनेको सरकारलाई निर्वासित दलाई लामाले बधाई सन्देश दिनु, आन्दोलनमा टीओबी (तिब्बतियन ओरिजिनल ब्लड) समुह देखा पर्नु, नयाँ सरकारका मन्त्रीहरुको पश्चिमाहरुसँगको हिमचिम बाक्लो देखिनुले चीनले नजिकबाट नेपाल गतिविधिलाई अध्ययन गर्न थालेको देखिन्छ ।
नेपालमा भएको दुई दिने आन्दोलनको अघिल्लो दिन आन्तरिक कारण र दोस्रो दिन भूराजनीतिक कारण बढी देखिएको नेपालका नेताहरुकै विश्लेषण समेत आउन थालेपछि चीनले झन् घटनालाई नजिकबाट नियाल्न थालेको देखिन्छ ।
यही क्रममा उसले नेपालका दुई जना सुरक्षासँग सम्वन्धित विज्ञ र विश्लेषण गर्न सक्ने ब्यक्तिलाई चीनमा आमन्त्रण गरेर छलफल गर्न चाहेको छ । त्यसका लागि बेइजिङ निम्तो गरेरै उसले नेपालको सुरक्षा रणनीतिलाई नजिकबाट विश्लेषण गर्न खोजेको छ । त्यसका लागि राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा र तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रका पनि सैनिक सचिव भएर काम गरेका लेफ्टिनेन्ट जनरल विवेक शाहलाई चीनले केही दिनका लागि विशिष्ट पाहुना बनाएको छ ।
उनीहरु तिहार मनाएको भोलिपल्टै अर्थात कात्तिक ७ गते नै बेइजिङ पुगिसकेका छन् । काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छङ्तु हुँदै उनीहरु बेइजिङ्ग पुगेका छन् । उनीहरुलाई चीन सरकारले नै विशिष्ट पाहुनाको रुपमा निम्तो दिएर बोलाएको बुझिएको छ । त्यहाँ रहँदा उनीहरुले चीनियाँहरुसँग नेपालको जेन जी पुस्ताको विद्रोह, भदौं २३ र २४ को घटना र सम्भावित परिघटनाहरुका बारेमा मन्थन गर्नेछन् ।
चीनले नेपालमा जुन कुनै सरकार आएपनि आफुहरुलाई पन्छाएर हिड्न नसक्ने बुझाई पालेको छ । नेपाल राजनीतिक रुपमा अस्थिर रहेको, आउँदा दिन हुने परिणामका बारेमा सबैमा संसय देखिएको, संसद, सिंहदरवार, सर्वाेच्च अदालत लगायत सवै प्रशासनिक संरचना ध्वस्त भएको अवस्थामा पूर्ननिर्माणका लागि पनि नेपालले चीनकै भर कुनै न कुनै रुपमा गर्न पर्न बुझाईमा चीन रहेको देखिएको छ ।
यस अर्थमा पनि उसले नेपालको जेनजी विद्रोहलाई गहिरिएर अध्ययन गर्ने, सम्भावित रणनीति तयार पार्ने उदेश्यले नेपालका सुरक्षा जानकारहरुसँग छलफल गरेर आफना्े भित्री धारणा तय गर्न लागेको देखिएको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति