मन्त्रीहरुलाई कोरोनाको विज्ञ नबन्न जर्नादन शर्माको सुझाव

आइतबार, ०२ चैत्र २०७६, १० : ०८
मन्त्रीहरुलाई कोरोनाको विज्ञ नबन्न जर्नादन शर्माको सुझाव

file photo

काठमाडौं । नेकपाका प्रभावशाली स्थायी समिति सदस्य जर्नादन शर्मा (प्रभाकर) ले विश्वब्यापी आतंक मच्चाईरहेको कोरोना भाइरसको बारेमा आफै विज्ञ नबन्न  मन्त्रीहरुलाई सुझाव दिएका छन् ।

कोरोना (कोभिड–१९) भाइरसका विरुद्ध सबै सचेत बन्नु पर्ने तर यसको अर्थ जनप्रतिनिधी र मन्त्रीहरु आफैं विज्ञ बन्ने नभई विज्ञहरुको भनाई अनुसार ब्यवस्थापनका लागि लाग्नु पर्ने प्रभाकरको भनाई छ । 

सरकारमा रहेका मन्त्रीहरु र विभिन्न जनप्रतिनिधीहरुले  कोरोना भाइरसवाट बच्ने उपायका बारेमा आफु खुसी सल्लाह र सुझाव दिन थालेपछि शर्माको यस्तो सुझाव आएको हो ।

उनले विज्ञको सुझाव अनुसार ब्यवस्थापन गर्ने भएपनि आफै विज्ञ नबन्न आग्रह गरेका हुन् । सामाजिक सन्जालबाट उनले यस्तो सुझाव दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस