काठमाडौं । माधव नेपालसहित एक दर्जन साना– ठूला पार्टीसँग प्रचण्डले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि जर्नादन शर्माले प्रचण्डसँगको ४० वर्ष लामो सम्वन्धमा ब्रेक लगाए । प्रचण्डसँग छुटिटदा जनार्दनले आरोप लगाएका थिए, प्रचण्डले माओवाद छोडे । माओवादी पार्टी र चुनाव चिन्ह्र पनि छोडे ।
प्रचण्डमाथी त्यस्तो आरोप लगाएका जनार्दन शर्माले भने आफै एक महिनाको बीचमा कम्युनिष्ट पार्टी नै त्याग गरेका छन् । उनी पहिले नै कम्युनिष्ट नामबाट राजनीति नगर्ने भन्दै माओवादीबाट अलग भएका बाबुराम भटटराईसँग मिसिन पुगेका छन् ।
नेताहरुले माओवाद त्यागे, कम्युनिष्ट त्यागे, अब म गर्छु माओवादीको पुनर्गठन भन्नुहुन्थ्यो । तर आज नयाँ पार्टी गठन गर्दा नत हँसिया हथौडा अंकित कम्युनिष्ट झण्डा फर्फरायो, नत कतै कम्युनिष्ट शब्द देखियो, नत माओवादी विचार भेटियो । विप्लवसँगको भेटमा 'अब कम्युनिष्टमा गर्दिन' पनि भन्नुभएछ ।
बाबुरामलाई संरक्षक बनाएर उनले रास्वपा छोडेका सन्तोष परियारहरुसहितलाई समेटेर प्रगतिशिल लोकतानित्रक पार्टी गठन गरेका छन् । उनी पनि त्यसको नेतृत्वमा देखिएका छैनन । तर पर्दा पछाडी बसेर उनले उक्त पार्टीको कमाण्ड बाबुरामसँग मिलेर गर्नेछन् ।
कम्युनिष्ट नाम नै छोडेर बाबुरामसँग मिल्न पुगेपछि जनार्दनलाई गृहजिल्ला रुकुम पश्चिमका उनलाई साथ दिएका विगतका नेता कार्यकर्ताहरुले अहिले आलोचना गर्न थालेका छन् ।
उनलाई फिल्डमा बसेर निरन्तर साथ दिएका तर पार्टी विभाजनमा सहभागी नभएका गोपाल शर्मा (अनल)ले उनले बाबुरामसँग मिलेर पार्टी बनाएपछि र गैह कम्युनिष्ट पार्टी बनाएपछि तिखो आलोचना गरेका छन् । उनले सामाजिक सन्जालमा जनार्दनले पार्टी घोषणा गरेको तस्विर राखेर लेखेका छन्, ‘कम्युनिष्ट नै भन्न डराएको तपाईको अकल्पनिय कदममा गद्दारी बाहेक केही देखिएन ।अहिलेलाई 'राम राम' मात्र भन्न चाहन्छु !’
उनी अर्थमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका र रुकुम पश्चिमको ततकालिन माओवादीका जिल्ला संयोजक रहेका सचिन रोकाले झन् चर्काे आवाजमा शर्माको आलोचना गरेका छन् । उनले शर्मालाई भूतपूर्व कमरेडको नाममा सम्वोधन गदै आफुले गाली गरेको नभई तथ्य बताईदिएको भन्दै सामाजिक सन्जालमै तीव्र आक्रोश ब्यक्त गरेका छन् ।
‘आदरणीय भूतपूर्व कमरेड,
१) म दलाल जस्तो देखिन्छु ? म पार्टी फुटाउने जस्तो देखिन्छु भनेर हलमा प्रश्न गर्नुहुथ्यो । म पार्टी फुटाउनेवाला हैन, म यही पार्टी कब्जा गर्नेवाला हुँ । पार्टी फुटाउदैछ भनेर मेरो विरुद्ध दुश्प्रचार गरिराछन भन्नुहुन्थ्यो । तर आज आफ्नै कुरा आफैले झुठो प्रमाणित गरिदिनुभो ।
२) नेताहरुले माओवाद त्यागे, कम्युनिष्ट त्यागे, अब म गर्छु माओवादीको पुनर्गठन भन्नुहुन्थ्यो । तर आज नयाँ पार्टी गठन गर्दा नत हँसिया हथौडा अंकित कम्युनिष्ट झण्डा फर्फरायो, नत कतै कम्युनिष्ट शब्द देखियो, नत माओवादी विचार भेटियो । विप्लवसँगको भेटमा 'अब कम्युनिष्टमा गर्दिन' पनि भन्नुभएछ ।
३) फेरि कुनै अर्को नयाँ झुठको तयारी हुँदैछहोला । तर अब धेरैले विश्वास गर्नेवाला छैनन् । देखाउने दाँत र चपाउने दाँत फरक फरक रहेछन । यही कुरा बुझेर नै हामी तपाईको साथमा नगएका हौं ।
४) आज मंसिर ७ गते घोषित अर्को १ थान गैर कम्युनिष्ट पार्टी र गैरकम्युनिष्ट नेताज्यूहरुलाई......राम राम सहित सफलताको शुभकामना ! गाली गरेको हैन, तथ्य कुरा बताईदिएको मात्र हो’ रोकाले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्नादन शर्माले स्वीकारे माओवादीको ‘उपमहासचिव’ पद