काठमाडौँ । रुपन्देहीको देवदहमा आज दुई टिप्पर आपसमा ठोक्ँिकदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।
देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु१ख २५८४ नंको टिप्पर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख १२१८ नंको टिप्पर सोही दिशातर्फ जाँदै गरेको बा२०च ५५१६ नंको कारमा ठक्कर खाँदा एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा लु१ख २५८४ नंको टिप्पर चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर फुयाँलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ चैत्र २०७६, २१ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते