कोरोना भाइरस प्रभाव : ‘नमस्ते’ विश्व व्यापी बन्दै

पत्रपत्रिकाबाट

शनिबार, ०१ चैत्र २०७६, ०७ : ५५
कोरोना भाइरस प्रभाव : ‘नमस्ते’ विश्व व्यापी बन्दै

न्युयोर्क ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरिस प्रधानमन्त्री लिओ बारड्करले शुक्रबार ह्वाइट हाउसमा नमस्ते गरेर एक अर्कालाई अभिभावदन गरेको तस्बिर यतिबेला चर्चामा छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन नमस्ते गर्ने तरिका उपयुक्त रहेको उनीहरूले बताएका छन् ।

भारतीय मुलका बारड्कर र ट्रम्पले नमस्तेको पोजमा एक अर्कालाई अभिवादन गरेकोे फोटो सामाजिक सञ्जालमा समेत चर्चित भएको थियो । हात मिलाउँदा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले नमस्ते गरेर अभिवादन गर्ने तरिका सबैमा विश्वव्यापी बन्दै गएको छ । विश्वका लिडरले अहिले नमस्ते गरेर अभिवादन गरेको विभिन्न मिडियामा देख्न सकिन्छ ।

‘आज हामी हात मिलाउन सक्दैनौं । हामीले एक अर्कालाई हे¥यौं । त्यतिबेला हामीले अनौठो महसुस ग¥यौं’ ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा रिपोर्टरसँग भने । अर्काे एक रिपोटमा भनिएको छ, उनीहरूले हात हल्लाए । वराड्करले नमस्ते पोजमा हात जोडे । त्यसपछि ट्रम्पले पनि नमस्ते पोजमा अभिवादन गरे । नेपाल र भारतमा कसैलाई अभिवादन गर्दा नमस्ते गर्ने गरिन्छ ।

‘म भर्खरै भारत भ्रमणबाट फर्केको हुँ । मैले त्यहाँ हात मिलाइनँ । त्यहाँ निकै सजिलो भयो । किनकी उनीहरू सबै नमस्ते नै गर्छन्,’ ट्रम्पले भने । उनले टाउको निउराउँदै जापानीज अभिवादन गर्ने तरिका समेत देखाए । ‘म कहिल्यै पनि धेरै हात मिलाउने मान्छे थिइनँ । तपाईंले सुन्दै आउनुभएको हो । तर, जब तपार्इं राजनीतिज्ञ हुनुहुन्छ हात मिलाउनु सामान्य बन्छ । जब मानिस ‘हाइ’ भन्दै हिड्छ अनौठो लाग्छ । अव्यावहारिक र घमण्डी देखिन्छ । तर अबको केही साता यस्तो गर्न हामी बाध्य छौं ।’ बारड्करले भने ।

बेलायतका राजकुमार चाल्र्सले पनि हात मिलाउन खोज्नेलाई नमस्ते गरेको भिडियो सार्वजनिक भएको छ । बीबीसीले समेत विश्वव्यापी रूपमा नमस्ते चर्चित बन्दै गएको बताएको छ । एक अर्कालाई नछोइकन अभिवादन व्यक्त गर्न सकिने भएकाले नमस्ते निकै चर्चित भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वयात्रामा निस्कँदा नमस्ते गर्ने गरेकाले उनलाई यसको प्रवद्र्धकका रूपमा समेत बीबीसीले उल्लेख गरेको छ । राजधानी दैनिकमा खबर छ ।