मालपोत कार्यालय धादिङका नायव सुब्बा घुससहित पक्राउ

शुक्रबार, ३० फागुन २०७६, २१ : ०२
मालपोत कार्यालय धादिङका नायव सुब्बा घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय धादिङका नायव सुब्बा (कम्प्युटर अपरेटर) सूर्य अधिकारी ५ हजार घुससहित पक्राउ परेका छन् ।  

धादिङको जिवनपुरमा ४ रोपनी जग्गाको रजिष्ट्रेसन पास गर्ने क्रममा लेखापढी ब्यवसायी मार्फत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले  उनलाई पक्राउ गरेको हो ।

सो कार्यमा संलग्न लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई समेत मालपोत कार्यालय परिसरवाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।