नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मृतकको नाम र ठेगाना खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ फागुन २०७६, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना
दमकमा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते