तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । सडकबाट १५० मिटर तल ट्र्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ फागुन २०७६, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन