कोरोना भाइरसबारे छलफल गर्न सर्वदलीय बैठक

सफल खबर संवाददाता

बुधबार, २८ फागुन २०७६, १० : ४८
कोरोना भाइरसबारे छलफल गर्न सर्वदलीय बैठक

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग लड्ने पूर्वतयारीका विषयमा छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाएको छ । इश्वर पोखरेलको संयोजकत्वमा कोरोना संक्रमणसँग लड्नका लागि तयारी समिति बनाएको थियो ।
 
समितिका तर्फवाट उपप्रधानमन्त्री पोखरेलले अपरान्ह ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ४ दललाई छलफलका लागि निम्तो पठाइएको छ । सर्वदलीय बैठकमा नेकपा, काँग्रेस, समाजवादी, राजपालाई बोलाइएको छ ।

कोरोना संक्रमणबाट जोगिन पूर्वतयारीका लागि समितिले यस अगाडि विभिन्न क्षेत्रका ब्यक्तिसँग छलफल गरिसकेको छ । आज राजनीतिक दलहरुलाई छलफलका लागि बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस