काठमाडौं । तत्कालिन सरकार र माओवादी बीच भएको बिस्तृत शान्ति सम्झौतालाई मान्ने हो भने युद्धकालिन घटनाको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगमाफर्त गर्नु पर्ने हो । तर पछिल्ला केही दिन यता यस्ता घटना देखा पर्न थालेका छन् की प्रहरीले युद्धकालिन मुद्दाका घटना खोजी खोजी ब्यूँताउने र पूर्व माओवादीका नेता कार्यकर्तालाई ति मुद्दाको आरोपमा प्रक्राउ गर्ने क्रम बढेको छ ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको द्धन्द्धकालिन घटनामा नेता बालकृष्ण ढुंगेललाई प्रक्राउ गरी जेल बस्न बाध्य पार्ने घटना होस या सभामुख अग्नि सापकोटका विषयमा अदालतमा मुद्दा चर्काउने प्रयास यी सबै घटनामा माओवादी नेता कार्यकर्तालाई छानी छानी युद्धकालिन मुद्धामा आरोपित बनाउने र फसाउने षडयन्त्र जारी नै थियो ।
त्यसमा केही एनजिओ÷आइएनजिओवादीहरु पनि खुलेरै योजनाबद्ध रुपमा लागेका थिए । पछिल्ला एक सातामा पनि फेरि दुईवटा यस्ता घटना देखिएका छन्, जुन यद्धकालिन घटनामा माओवादीका नेता कार्यकर्ता खोजी गर्ने र प्रक्राउ गर्ने क्रम बढेको छ ।
माओवादी धारका नेताहरु यस्ता घटना बढ्न थाल्नुले फेरि चिन्ता थप्न थालेको बताउँछन् । दैलेखका डेकेन्द्र थापा प्रकरणमा अहिले माओवादीका तत्कालिन एक कार्यकर्ता प्रक्राउ गरिएको छ । हिजो बेलुकी मात्रै पनि बाराका विरेन्द्रकुमार साहको हत्या मुद्दा ब्यूँताउँदै तत्कालिन माओवादी कार्यकर्ता प्रक्राउ गर्ने क्रम रोकिएको छैन ।
विरेन्द्र साह प्रकरणमा कुन्दन फौजदारलाई शनिबार राती प्रहरीले आफ्नै निवासवाट पक्राउ गरेको छ । उनलाई बारागढी गाउँपालिकाको गडहल स्थित निवासवाटै प्रहरीले प्रक्राउ गरेको हो । बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार हवाई फायरपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रतिक्रिया दिनुहोस